27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 01:23

TRENDING .

नवलपरासीमा निर्मीत बल्छि अमेरीका लगाएत बिदेश निर्यात

- Advertisement -

दयाराम आचार्य

नवलपरासी,असार २४

हामिकहा  प्राय जसो माछा मार्नको लागि बल्छिमा चारोको रुपमा गड्यौला नै प्रयोग गर्ने गरीन्छ । माछामार्नको लागि बल्छिमा मानव निर्मीत कृतिम किरा पनि प्रयोग गरिन्छ भन्दा हामिलाई अचम्म लाग्न सक्छ । तर नवलपरासीको गैडाकोट बाट यस्तो कृतिम किरा सहितको बल्छि निर्माण गरी बिदेशमा निर्यात हुदै आएको छ । माछा मार्नको लागि मानव निर्मीत बिभिन्न  किरा आकारको बस्तु प्रयोग गरी बल्छि निर्माण गरीन्छ र त्यसैको सहायताले माछा मार्ने गरीन्छ । यस्तो कृतिम किरा आकारको बल्छि नवलपरासीबाट उत्पादन गरी अमेरीका,क्यानेडा, श्रिलका  र केहिमात्रामा भारत लगाएतका देशमा निर्यात हुदै आएको छ । नवलपरासीको गैडाकोट १० पितौजीमा रहेको शेर्पा फ्लाईजले बिभिन्न प्रकारका किरा,माछा जस्ता जिवको आकारका बल्छि उत्पादन गरी बिदेश निर्यात गर्दै आईरहेको छ । तिन बर्ष अगाडि स्थापना भएको यस कम्पनिले माछा मार्ने बल्छि उत्पादन गर्दै आईरहेको छ । माछा मार्नको लागि प्रयोगमा आउने यस्तो बल्छि हेर्दा बिभिन्न प्रकारका किरा जस्तै र दुरुस्तै साना साना माछा जस्तै देखिन्छ । निकै आकर्षण रुपमा किरा र माछाको आकारमा निर्माण गरीने हुनाले माछाले आफ्नो चारो मानि खान खोज्दा बल्छिमा पर्ने गर्दछ ।  बल्छि निर्माणको लागि  सेन्थिेटिक ,फाईबर , र हुक लगाएतका कच्चा पदार्थ आवश्यक पर्ने र कतिपय कच्चा पदार्थ अमेरीका बाट आउने र त्यसलाई कलात्मक रुपमा बिभिन्न किराका आकारमा निर्माण गरी पुन बिदेशमा निर्यात गर्ने गरीएको उत्पादन कम्पनीका सुपरभाईजर मेघा पुलामीले बताउनु भयो । नेपालमा भने यसको प्रयोग हुने नगरेको उहाले बताउनु भयो । नेपालबाट केहि ब्यक्ति हरु नमुकाका रुपमा केहि खरीद गरी लैजाने गरेको भए पनि ब्यवसाईक रुपमा भने बिक्रि नभएको उहाले बताउनु भयो । कम्पनि बाट हप्ताको  १२ सय वटा बल्छि निर्माण हुने गरेको र आकार र डिजाईन हेरी प्रति दर्जन ४ देखि ९ डलर सम्म बिक्रि हुदै आएको पुलामीले बताउनु भयो । बिषेश गरेर जुन र जुलाईमा यसको माग बढि हुने भएकाले उत्पादन पनि बढि हुने गरेको र सोहि अनुसार निर्यात पनि बढि हुने गरेको पुलामिले बताउनु भयो । कम्पनिबाट करीब ५ सय प्रकारका बिभिन्न किराहरुको आकारमा बल्छि निर्माण हुदै आएको छ । हेदा दुरुस्त किरा जस्तै देखिन यस प्रकारको बल्छि निर्माणको लागि कम्पनिमा  कम्पनिमा हाल ३५ जना महिलाले काम गर्दै आएका छन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्