8.1 C
Kathmandu
Flowers in Chania

जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनमा, खाजा संगै मनोरञ्जन

- Advertisement -

Logo Hulakiपप्पु रेग्मी,बर्दघाट,२३ असार ।
सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा सुनवल ४ सुबासनगरमा लौकेश्वर मन्दिरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना भएको छ ।
महिला बालबालिका तथा समाज कल्यांण मन्त्रालयको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बजेटबाट सञ्चालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रममा ६० वर्ष उमेर नाघेका बृद्धबृद्धाहरुलाई विहान ११ वजे देखी दिउसो ३ वजे सम्म सुनवल ४ को लौकेश्वर मन्दिरमा दिवा सेवा अन्तर्गत भेला भई  भेटघाट , छलफल तथा नाच गान गर्ने गरेको कार्यक्रमकी संयोजक मनसोभा पाण्डेले बताउनु भयो ।
यो कार्यक्रम संचालन भए पछि  ६०  वर्ष देखि माथिका बृद्धबृद्धाहरु दिउसोको समयमा यस मन्दिरमा आउने गरेको बताईएको छ । दिउसोको समयमा यस मन्दिरमा जेष्ठ नागरिककालागि चिया, खाजा साथै मनोरञ्जन गर्नकालागि मादल, झांझर, खैजरी मजुरा लगाएतका बाध्य बादनका सामानहरुको समेत ब्यवस्था गरिएको समुदायमा आधारित अपाङगता तथा जेष्ठ नागरिक दिवासेवा कार्यक्रमका सदस्य सञ्जय श्रेष्ठले बताउनुभयो ।
बैशाख १ गते देखी सञ्चालनमा आएको यस कार्यक्रममा अहिले दैनिक जसो २५ जना सम्म जेष्ठ नागरिकहरु आउने गरेको बताईएको छ ।  घरमा युवा छोराछोरीहरु जागिर वा कामधन्दामा जाने र बालबालिकाहरु विद्यालय जाने दिउसोको यो समयमा जेष्ठ नागरिकहरुकालागि समय विताउन गाह्रो हुने भएकोले दिवा सेवा कार्यक्रम संचालन गरेको बताईएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्