27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:33

TRENDING .

स्थानीय निकायको संख्या कटौती गर्दै न्यूनतम ५ सयदेखि १ हजारको बीचमा झार्ने गृहकार्य हुदै

- Advertisement -

काठमाडौं, २३ असार , जिल्लाबाहेक स्थानीय निकायहरूको संख्यामा अब भारी मात्रामा कटौती हुने भएको छ । स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले भारी मात्रामा स्थानीय निकायको संख्या कटौती गर्दै न्यूनतम ५ सयदेखि १ हजारको बीचमा झार्ने गृहकार्य थालेको छ । अहिले जिल्ला विकास समिति ७५, नगरपालिका २ सय १७ र गाउँ विकास समिति ३ हजार १ सय ५७ छन् ।

Logo Hulakiपुनःसंरचना हुँदा अब धेरै गाविसहरू गाभिनेछन् । नगरपालिकाहरूको संख्या र सिमाना पनि उल्लेख्य मात्रामा हेरफेर हुन सक्ने आयोग स्रोतको भनाइ छ । यसरी हेरफेर हुँदा अहिलेका वडाहरू भने टुक्रिएर एकभन्दा बढी गाउँ वा नगरपालिकामा पर्ने छैनन् । जिल्ला र प्रदेश तहमा पनि सिमानाभित्रै रहेर गाउँ र नगरपालिकाको पुनःसंरचना गर्न लागिएको छ ।

नयाँ संविधानले गाउँ तहदेखि नै कार्यपालिका र व्यवस्थापिकाको संरचना तोकेको छ । केन्द्र र प्रदेशमा जस्तै गाउँ तहमा पनि व्यवस्थापिकाको निर्वाचन, कानुन निर्माण तथा सरकार गठन गर्नेसम्मका अभ्यास हुनेछन् । अब सरकारी कार्यालयहरू पनि संघीय मन्त्रालय वा विभागका शाखा कार्यालय हुने छैनन् । गाउँ वा नगरपालिका अन्तर्गत सबैजसो सेवा कार्यालयहरू रहेछन् । त्यसैले धेरै आर्थिक र प्रशासनिक गतिविधिहरूका केन्द्र पनि अब गाउँ र नगरपालिकाका मुकाम हुनेछन् ।

Local Govt

आयोगका एक सदस्यले ओएनएसलाई भने, ‘पुरानै संख्या कायम राखी नयाँ अधिकारको प्रयोग सम्भव नै छैन । गाउँमा पनि अब संसद र सरकार हुन्छ । त्यसले राजस्व उठाउँछ । बजेट बाँडफाँट गर्छ । नीति तथा कार्यक्रम ल्याउँछ । यसका लागि करिब करिब अहिलेका निर्वाचन क्षेत्रको आकारमा नयाँ संरचना बनाउनु उपयुक्त हुन्छ । पुराना जिल्ला विकास समितिका इलाकाको आकारमा बनाउँदा पनि संख्या बढी हुन्छ ।’

प्रशासनिक खर्चका हिसाबले किफायतीपूर्ण बनाउनका लागि पनि गाउँ र नगरपालिकाको आकार बढाउनुपर्ने र संख्या घटाउनुपर्ने ती आयोगका सदस्य बताउँछन् । उनी भन्छन्, ‘प्लस टु तहसम्मको शिक्षा स्थानीय तहको अधिकार र दायित्वभित्र राखिएको छ । संविधानले तोकेका सबै अधिकारको पूर्णतः कार्यान्वयन गर्ने हो भने गाउँको सरकार र संसदलाई सबल बनाउनैपर्छ । सबल बनाउने प्रमुख आधार भनेको स्रोत र अधिकार क्षेत्रको दायरा नै हो ।’

ती सदस्यका अनुसार, गाउँ र नगरपालिकाले पूर्ण रुपमा काम गर्न थालेपछि जिल्लाको अवधारणा क्रमशः मेटिँदै जानेछ । त्यसपछि एकैचोटि प्रदेश सरकारको अधिकार र दायरा सुरु हुनेछ । उनी भन्छन्, ‘जिल्लाको अवधारणा नमेटिएसम्म न त तल्लो तहसम्म शक्तिको निक्षेपीकरण हुन्छ, न त गाउँ र नगरपालिकाले सरकारको अवधारणाअनुरूप फङ्सन (कार्य) गर्न सक्छन् ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्