27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 05:33

TRENDING .

गर्भवती महिला तथा बालबालिकाहरुका लागि आएको कार्यक्रमबाट गाविस सचिवले कमिसन मागे

- Advertisement -

रौतहटका २४ गाविसका गर्भवती महिला तथा बालबालिकाहरुका लागि आएको कार्यक्रमबाट गाविस सचिव समेतले १० प्रतिशत रकम कमिशन मागेका छन् । आर्थिक वर्ष समाप्त हुन एक साताभन्दा पनि कम समय बाँकी रहँदासम्म समूहको बैंक खातामा गाविस सचिवहरुले रकम पठाएका छैनन् ।

जिल्ला विकास समितिले पटक-पटक गाविस सचिवहरुलाई कार्यविधि निर्देशिकाअनुसार काम गर्न भने पनि एउटै सचिवले पाँच वटासम्म गाविसको जिम्मेवारी लिएका कारण सुनौला हजार आयोजनामा ढिलासुस्ती हुने गरेको छ । अन्तिम समयसम्म पनि समूहलाई काम गर्न पैसा नदिनुले कार्यक्रमले लक्ष्य अनुसारको सेवा पुर्‍याउन नसकेको सुनौला हजार कार्यक्रमका जिल्ला संयोजक राघवेन्द्र साहले बताए ।

पहिलेको तुलनामा किशोरी शिक्षा, गर्भवती महिला पोषण कार्यक्रम लगायतका काम प्रभावकारी भए पनि समयमै बजेट निकासा हुन नसक्दा र गाविसका कर्मचारीहरुसँग समन्वय हुन नसक्दा कार्यक्रम ढिलो हुन गएको संयोजक साहले बताए ।

Logo Hulakiगाविस सचिवहरुले भने आफूहरुले कसैसँग कमिशन नमागेको तथा कार्यक्रम सञ्चालकरुले नै बिल भर्पाई बुझाउन ढिलो गरेको बताएका छन् । सिमराभवानीपुरका प्राविधिक विरेन्द्र यादवले भने, ‘कतिपय समूहले अझै पनि कागजपत्र बुझाएका छैनन् । बिल भर्पाई बिना भुक्तानी दिन सकिँदैन ।’ समूहका कोचहरुले बिल बुझाउन ढिलो गरेकाले रकम निकासा नदिएको उनको तर्क छ ।

तर, रकम निकासा भएर लक्षित वर्गले बनाएको समूहको खातामा पुगे पनि गाविस सचिवले चेक नकाटिदिँदा कार्यक्रम प्रभावित बनेको सरोकारवाला बताउँछन् । गाविस सचिवहरुले कार्यमूल्यांकन गरे बापतको कमिशन नपाएको कारण समूहहरुले आर्थिक वर्षको अन्तिम समयमा पनि रकम पाउन सकेका छैनन् ।

बुधवार कार्यक्रम अनुगमन गर्न गएका स्थानिय विकास अधिकारी उमेश बस्नेतले गाविस सचिवको उदासिनताका कारण रौतहटमा कार्यक्रम प्रभावित भएको बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्