27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:31

TRENDING .

पोर्चुगल दोस्रो पटक युरोको फाइनलमा, वेल्स निराश पहिलो किर्तीमान राख्नबाट चुक्यो

- Advertisement -

२३ असार-(एजेन्सी) : युरोकप अन्तर्गत बिहीबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा वेल्सलाई पाखा लगाउँदै पोर्चुगल सेमिफाइनल प्रवेश गरेको छ । वेल्सको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै २-० गोलअन्तरले पराजित गर्दै पोर्चुगल सन् २००४ पछि दोस्रो पटक फाइनलको यात्रा गर्न सफल भएको हो । क्रिस्टियानो रोनाल्डो र नानीको गोलको मद्दतले पोर्चुगल वेल्सलाई पराजित गर्न सफल भएको हो ।

uro-cupफ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफमा पोर्चुगलले २ गोल गर्न सफल भयो । खेलको ५० औँ मिनेटमा राफायल गुएरेइरोको कर्नरलाई रोनाल्डोले हेड मार्फत जाली चुमाएपछि पोर्चुगलको सुखद क्षण सुरू भएको थियो । मात्र ३ मिनेटपछि रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाउन सफल भए । यसपछि खेलमा थप गोल हुन सकेन र खेल पोर्चुगलले २-० गोलअन्तरले जित्न सफल भयो । खेलमा दुवै पक्षले राम्रो प्रदर्शन गरेपनि खेलमा पोर्चुगलले बाजी मार्न सफल भयो ।

रियल मड्रिडका दुई स्टारको भीडन्तको रूपमा हेरिएको यस खेलमा दुवैले आफ्नो टोलीलाई जित दिलाउन भरमग्दुर प्रयास गरेपनि रोनाल्डो सफल रहे भने बेलले राम्रो प्रदर्शन गर्दागर्दै पनि वेल्सलाई सुखद नतिजा सुम्पिन सकेनन् ।

पाएका राम्रा अवसरहरू दुवै टोलीले गुमाएका थिए । राम्सेको अनुपस्थितिमा बेलले अन्यबाट राम्रो साथ पाउन नसक्दा खेलमा वेल्सले राम्रो नतिजा निकाल्न असफल रह्यो । पछिल्ला खेलहरूमा भन्दा निकै राम्रो प्रदर्शन गर्न सफल रहेको पोर्चुगलले पेपेको अनुपस्थितिमा पनि रक्षापंक्तिलाई बलियो राख्न सफल रह्यो । पोर्चुगलले आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको विजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्