27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 02:28

TRENDING .

द्वन्द्वका क्रममा पेसाबाट विस्थापित देशभरका ‘भगौडा’ शिक्षकलाई जागिरमै फर्काउने तयारी

- Advertisement -

काठमाडौं, २२ असार, राजनीतिक आधारमा कारवाहीमा पारिएका र द्वन्द्वका क्रममा पेसाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई सरकारले पुनःबहालीको प्रक्रिया अघि बढाउने भएको छ । यसरी पुनःबहाल हुने शिक्षक–कर्मचारीले आजसम्मको तलब सुविधा सबै पाउनेछन् ।

Logo Hulakiअहिले तीनथरी शिक्षक–कर्मचारी पुनःबहालीको पर्खाइमा छन् । एक, ०४६ सालअघिको राजनीतिक अवस्थामा बहुदल पक्षधर शिक्षक–कर्मचारीलाई तत्कालीन व्यवस्थाले कारवाही गरेको थियो । त्यसरी कारवाहीमा पर्नेमा नेपाली कांग्रेस र नेकपा एमालेनिकट बढी छन् । उनीहरुलाई पुनःबहाल गर्न ०५२ सालमा एक आयोग समेत गठन गरिएको थियो ।

उक्त आयोगले विभिन्न मापदण्ड कायम गरी पुनःबहाली हुन सक्ने ठेगान गरेका शिक्षक कर्मचारीहरु लाई पनि अब सरकारले पेसामा फर्काउनेछ । उक्त आयोगले पुनःबहाली गर्नुपर्ने सिफारिस गरेका र पुनःबहालीका लागि मापदण्डमा परेका गरी दुई कोटीमा वर्गीकरण गरेको थियो । ती दुवै कोटीका शिक्षक अब पुनःबहाल हुन सक्ने कानुन संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भएको छ ।

यसैगरी ठूलो संख्यामा ०५२ पछिको माओवादी सशस्त्र संघर्षका क्रममा पनि शिक्षक–कर्मचारी विस्थापित भएका छन् । माओवादी र सरकार पक्षको यातना र दबाबबाट पीडित भएकाहरु पेसाबाटै विस्थापित भई अन्य पेसा वा वैदेशिक रोजगारीमा समेत शिक्षकहरु गएका छन् । करिब आधा जति भने राजनीतिमा क्रियाशील रहेको सरकारी अनुमान छ । राजनीतिमा क्रियाशीलमध्ये अधिकांश माओवादीनिकट छन् । माओवादीकै शिक्षामन्त्री भएकाले उनले आफ्ना नेता–कार्यकर्तालाई पुनः जागिरमा फर्काउन यो व्यवस्था ल्याएको भनेर समेत शिक्षा क्षेत्रमा आलोचना भइरहेको छ । तर, अहिलेको नयाँ कानुनले नै कुनै पनि दलको कार्यकारी पदमा रहेको व्यक्ति शिक्षक हुन नपाउने व्यवस्था समेत गरेको छ ।

०५८ मा भएको शिक्षा ऐनको सातौँ संशोधनले अदालतको आदेशले मात्र कारबाहीमा परेको वा हटाइएको शिक्षक पुन:बहाली हुने व्यवस्था गरेको थियो । नयाँ कानुनी व्यवस्था अनुसार अब सरकारले गठन गरेको जाँचबुझ समितिको सिफारिसका आधारमा पनि शिक्षक पुन:वहाल हुनेछन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्