27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 08:32

TRENDING .

९ बुँदे सहमति कार्यान्वयन भएन भन्दै माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

- Advertisement -

काठमाडौं २२ असार ।
अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन्।

maoist_building१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वाटार सदस्य मणि थापाले जानकारी दिए।

वैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आआफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए। रिपोर्टिङका क्रममा कतिपय नेताहरुले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए।

वैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरी प्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा कुनै पनि सहयोग गर्न नसकेको भन्दै विरोध गरेका थिए।

‘आफ्नो कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरुरी छैन। सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’साहले भने।

गत बैशाख २३ गते एमाले नेतृत्वसँग गरिएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिने प्रयासमा रहेको माओवादी नेतृत्वलाई पोलिट्व्युरो सदस्यहरुको भनाईले थप मद्दत पुगेको स्रोतको भनाई छ।
नागरिकबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्