27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 01:44

TRENDING .

हुसैनी युथ क्लबको आयोजनामा ईद मुबारक

- Advertisement -

सरु शर्मा परासी ः असार २१

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदको अवसरमा हुसैनी युथ क्लब नवलपरासीले शुभकामना आदान प्रदान गरेको छ । हुसैनी युवा क्लब नवलपरासीका अध्यक्ष सहरेआलम खानको अध्यक्षतामा आज नवलपरासीको कुश्मा गाविस स्थित मदरसा अरविया ताजुल ओलुम कुश्मामा एक कार्यक्रम गरि शुभकामना आदान प्रदान गरिएको हो ।सोही कार्यक्रममा ईदको अवसर पारी मुस्लिम धर्मावलम्बीहरुको पहिचान झल्कीने किसिमको ५० वटा टिसर्ट पनि वितरण गरिएको छ । क्लब र क्षेत्र नम्बर ५ का सांसद विक्रम खनालको आर्थिक सहयोगमा उक्त टिर्सट निर्माण गराईएको क्लबका अध्यक्ष सहरेआलम खानले बताउनु भयो । हुसैनी युथ क्लबमा मुस्लिम बाहुल्य रहेको नवलपरासीको दक्षिणि क्षेत्रका युवाहरुको सहभागिता रहेको छ । मुस्लिम धर्मका विभिन्न पर्वलाई ब्यवस्थित र मर्यादित बनाउनका लागि क्लबले समय समयमा युवाहरुको सक्रिय सहभागिता विभिन्न कार्यक्रम गरि आफनो पहिचान कायम गर्न विभिन्न धार्मिक कार्यमा सहयोग गर्न हुसैनी क्लबले विशेष भुमिका निर्वाह गर्ने कल्बका सविच मोहम्मद ईजहार शेषले बताउनु भयो । उक्त कार्यक्रम क्लबका अध्यक्ष सहरे आलम खान, उपाध्यक्ष फिरोज अन्सारी , सचिव मोहम्मद ईजहार शेष, सहसचिव द्धोय क्यामुद्दिन अन्सीरी , कोषाध्यक्ष क्यामुद्दिन अन्सारी, नबाबुद्दिन अन्सारी लगायतले ईदको शुभकामना दिदै सम्पुर्णमा एकता र धार्मिक सद्भावले ईद मनाउन युवाहरुको मह्त्वपुणृ भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।यस वर्षको ईदको अवसरमा असाढ २२ गते बुधवार सरकारले सार्वजनिक विदा दिएपनि भोलीनै ईद हो भन्ने अहिले पक्का भएको छैन । ईद पर्व चन्द्रमा देखेर मनाउने भएकाले ईद कहिले हो भन्ने यकिन भन्न नसकीएको हो । नेपाल र भारतका मुस्लिमहरुले पश्चिमका देशहरुले मनाएको एक दिन पछि मनाउने चलन रहेकाले नेपालमा भोली बुधवार ईद नमनाईने करिब पक्का भएको मुस्लिम धर्मका जानकारहरु बताउछन्। पश्चिम देशहरुमा भोली ईदको नमाज पढिदै छ । तर सरकारले भने भोली नै सार्बजनिक बिदा दिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्