8.1 C
Kathmandu
Flowers in Chania

कावासोतीको पत्रकारितामा दुई समाचार, प्रवृती अनेक

- Advertisement -
  • अनुभूतिnabinनविन पौडेल
    कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि नेपालमा संञ्चार क्षेत्रलाई चौथो अगंको रुपमा लिने गरिन्छ । चौथो अगं भने पनि यस्लाई नयां संविधानमा लिपिवद्ध भने गर्न सकिएन् ।नयां संविधानको धारा १९मा सञ्चारको हक स्थापित छ । नेपालमा सञ्चार क्षेत्रको व्यवसायिक विकास भएको धेरै भएको छैन् । तर पनि यो क्षेत्रले गतिलै फड्को मारेको पाइन्छ । पहिले पहिले गाउँघरमा कटवालले सञ्चारको काम गर्थे भनेपछि हुलाक, पत्रपत्रिका, रेडियो, टेलिभिजन हुदै अहिले अनलाइन मिडीयासम्म हामी आइपुगेका छौ । जतिधेरै सञ्चार गृह स्थापना भएका छन् त्यतिनै यो क्षेत्रमा लगानी र जनशक्ति समेत परिचालन भइरहेको छ । यो अवस्थासम्म आइपुग्दा सञ्चार क्षेत्रलाई हेर्ने आम मानिसको दृष्ट्रिकोण र यही पेशालाई आफ्नो मुख्य पेशाकोरुपमा अगांलेका श्रमजीविहरूको आ आफ्नै वुझाई छ । सञ्चार क्षेत्रको मुख्यकाम भनेको आफ्ना सा्रेता, दर्शक तथा पाठकलाई सुसुचित गर्नु हो । यो सञ्चार क्षेत्र र आम पत्रकारहरूको धर्म पनि हो । हो, वढ्दो विकाससँगै पत्रकारितामा पनि विकृति वढेका छन् । विभिन्न राजनीतिक विचारमा विखण्डन भएर कहिलेकाहीं कुनै व्यक्ति विशेषले नियोजित प्रहार भएका होलान तर सम्रग नेपालको पत्रकारिता क्षेत्रले मुलुकको प्रजातन्त्रलाई सुढृण वनाएको छ । हरेक विकृतिलाई परास्त गर्न पत्रकारिता लागि परेको छ । ६२ ÷६३ को जनआन्दोलनमा नेपाली सञ्चारजगतले पुर्याएको योगदान र संविधान निमार्णको दौरानमा जनताको अपनत्व हुने संविधान लेखनको प्रकृयामा नेपाली सञ्चार जगतको भूमिका अतुलनीय छ । तर पनि यो क्षेत्र आलोचना वाट भने मुक्त छैन् । प्रसंग जोडौ पछिल्लो समय नवलपरासी जिल्लामा २ वटा समाचारको निकै चर्चा चल्यो । पहिलो कावासोती नगरपालिका भित्र पर्ने कुनै एक विद्यालयमा शिक्षकले विद्यार्थी पिटेको, दोसा्रे जनज्योति सामुदायिक वनमा नर्सरी निमार्ण सम्वन्धि समाचार । समाचारका विषयवस्तु सामान्य वोलिचालिमा भन्नुपर्दा जे पनि हुन सक्छन् ।
  • [quote font=”georgia” font_size=”14″]आम जनचासोमा पत्रकारले पुर्याएको दृष्ट्रि नै समाचार सामाग्री भएर आउने हो । त्यसैले यो समाचार कस्ले लेख्यो भन्नुभन्दा पनि यो समाचारले समाजमा के चेतना दियो र सुशासनका लागि यस्को भूमिका के हुने भन्ने नै मुख्य पक्ष हो । तर नवलपरासीमा यी दुवै समाचारमा पत्रकार र मिडीया दुई कित्तामा उभिए । [/quote] एक थरीले समाचारलाई सुशासनको पक्षमा उभिनुपर्छ यथार्थ के रहेछ वुक्ष्नुपर्छ भनेर समाचार लेखन तथा प्रकाशन प्रसारण गरेभने कतिले यस्लाई विषयवस्तु नै मानेनन् र खण्डनतिर लागे । पंक्तिकारको कुरा के हो भने यी दुवै समाचारको गहिराईमा जान नवलपरासीका पत्रकार चुके । यदि घटना र समाचार ठिक हो भने खुलेर ठिक र वेठिक हो भने तर्क सहित वेठिक हो भन्नुपर्नेमा राजनीति र व्यक्तिगत पक्षमा उभिएर पत्रकार दुई कित्तामा उभिनुले यस क्षेत्रको पत्रकारिताको भविष्य माथि नै आम मानिसमा प्रश्न खडा भएको छ । फलस्वरुप पत्रकारिता पेशाको औचित्य नै नबुझेका मानिसहरू वाट सम्रग पत्रकारिता नै प्रश्न चिन्ह् आउने गरेर टीकाटिप्पडी आउने गरेको छ ।
  • [quote font=”georgia” font_size=”14″]आफ्नो अनुकुलको समाचार भए मख्ख पर्ने र आफू अनुकुलको समाचार नभए पत्रकारलाई तथानाम उपनाम दिने, आक्षेप लगाउने र सामाजिक सञ्जालमा आफ्नो हैसीयत पैतालामा राखेर सन्देश लेख्ने परिपाठीको विकास भएको छ । जुन दुःखद पक्ष हो ।  [/quote]
  •   तर पत्रकारको कुनै एक शब्द, फोटो, आवाज, दृष्य या कुनै माध्ययमले कुनैपनी निर्दोस मानिसको चरीत्र हत्या नहोस भन्नेमा पनि पत्रकारिता जगत सदैव चनाखो हुनुपर्दछ । कसैलाई दुख दिने उदेश्यले गरिएको पत्रकारिताको पनि कुनै तुक रहने छैन् त्यो आफै निस्तेज भएर जानेछ भने जनताको पक्षमा कलम चलाउला निम भाच्न अगाडि पर्ने जो कोही पनि ढिलोचाडो पछुताउनुपर्ने दिन आउने छ । पत्रकारिताको आफ्नै परिधी छ, नियम छ आचारसंहिता छ । तर पत्रकारिताको आचारसंहिता भित्र रहेर कुनै पनि कार्यगर्दा आउने कठीनाईमा एक हुन सकिएन् भने “वजै मोरी भनेर होइन काल पल्कियो भनेर रोए ”भन्ने नेपाली उखान चरितार्थ हुने छ । समतायुक्त समाज सबैको आवश्यक्ता हो । त्यस्का लागि शिक्षा, स्वास्थ्य, विकास र सचेतनाको आवश्यक्ता पर्दछ । समतायुक्त समाज निमार्णमा सञ्चारको भूमिका पनि अग्रस्थानमा आउछ । यसो भनिरहदा पत्रकारिताको आफ्नै जिम्मेवारी छ । सही समाचार लेख्दा कसैले गाली गर्यो वा धम्कायो भन्ने तर्फ लाग्नुभन्दा पनि मेरो कलमले आम मानिसमा के प्रभाव छाड्यो भन्ने तर्फ लाग्नूनै असली पत्रकारिता हो । त्यसैले पैसाकै लागि मात्र हुदैन पत्रकारिता, पत्रकारिता आफैमा सामाजिक सचेतना पनि हो । सत्य लुकाउन खोज्ने आफै भित्रको कालो धब्बालाई परास्त गर्दै निडर, सत्य र तथ्यमा आधारित पत्रकारिताको बाटोमा लाग्नूनै सम्रग सञ्चार क्षेत्रको जित हुनेछ ।निष्पक्ष र तथ्यसहितका सामाग्रीमा पत्रकार पत्रकार विच नै गुट बनाउनु भनेको आफैमा घातक हुनेछ ।
    अन्त्यमा ः समाजका हरेक गतिविधीमा पत्रकारसँगै त्यहाको प्रशासनिक संरचना,स्थानीय तह, संघसंस्था, आम नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष्य रुपमा सहभागी भएका हुन्छन् । समतामुलक समाज निमार्णमा यी सबै पक्षको महत्वपूर्ण भूमिका रहने गर्दछ । त्यसैले नवलपुर क्षेत्रको सम्रग क्षेत्रको विकासका लागि भष्टाचार र वेथितिलाई परास्त गर्न सञ्चार क्षेत्रसँगै सरोकारवाला सबै एक भएर लाग्नुपर्ने टड्कारो आवश्यक्ता छ ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्