27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 02:06

TRENDING .

मरेको अभिनय गरेपछि बाचे खोटाङका पूर्व सभासद राई, मरणासन्न अवस्थामा उद्धार

- Advertisement -

खोटाङ, असार १९ – खोटाङका पूर्व सभासद अर्जुन राई घाईते हुनुभएको छ । दिक्तेलबाट बुईपा जानेक्रममा शनिबार राति हुर्लुङमा बास बसेकै होटलमा  खोटाङ नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामीको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

होटलमा रक्सी खाएर बसिरहेका बेलामा फोनमा अरुलाई धम्काइरहेका उनीहरुले एक्कासी आफूलाई आक्रमण गरेको राईले बताउनुभयो । बास बसेको होटलबाट भागेर दोश्रो होटलमा पुग्दा त्यहि आएर कुट्न थालेपछि भागेर मकै बारीमा पुगेको उहाँले बताउनुभयो ।

भागेर मकै बारीमा पुग्दा पनि नछोडेपछि ज्यान बचाउन मरेको अभिनय गरेपछि बल्ल छोडेको घाइते राईले बताउनुभयो । कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरामा चोट लाग्नुका साथै शरीर र टाउकोमा निलडाम भएको छ । राईलाई मरणासन्न अवस्थामा उद्धार गरिएको नुनथला प्रहरी चौकीका प्रहरीले जनाएको छ ।  Logo Hulaki

घटनाका आरोपित तेञ्जिङ शेर्पा र रमेश अछामीलाई प्रहरीले पक्रेको छ । स्थानीय बासिन्दाका अनुसार शेर्पा टिकट काउण्टरका कर्मचारी र अछामी गाडी चालक हुन् ।  उनीहरुले सभासद् राईलाई कुट्नुको कारण खुलेको छैन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्