27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:19

TRENDING .

फ्री भिसा र टिकटको निर्णय कार्यान्वयन भएन, ठगी गर्नेविरुद्ध उजुरी गर्नुस म कार्यबाही गर्छु : श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा

- Advertisement -

१९ असार, काठमाडौं । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले आफ्नो मलेसिया भ्रमणबारे आइतबार कार्यकक्षमा पत्रकारमाझ ‘ब्रिफिङ’ गरे । भ्रमणका क्रममा कामदारको हितमा कदम चाल्न सकारात्मक पहल गरेको दावी गर्दै उनले मलेसियामा थुप्रै कामदारहरुसँग पनि प्रत्यक्ष भेटघाट गरेको पनि सुनाए ।

‘त्यत्रा कामदारसँग भेटघाट गरियो तर, गज्जबको कुरा के छ भने सरकारको तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर गएका एउटा पनि भेटिएनन्,’ मन्त्री बोहोराले भने ।

उनले म्यानपावरले फ्री भिसा र टिकटको निर्णय कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै थपे-‘ कम्तिमा ५०/६० हजार त तिरेकै सुनियो । त्यो भन्दा माथि कतिसम्म लिइएको रहेछ भनेर यहाँ औपचारिक रुपमा नभनौं ।’

मन्त्री बोहोराले आफूले भेटेका कमदारलाई विदेश आउँदा धेरै शुल्क लिएकोबारे उजुरी गर्न आग्रह गरेको बताए । ‘केहीले मेरो भाइबरमा एसएमएस गर्नुभएको छ । मैले सामूहिक रुपमै त्यस्ता ठगी गर्नेविरुद्ध उजुरी गर्न भनेको छु’ उनले भने-‘तोकिएको भन्दा बढी शुल्क लिनेलाई कारवाही गर्नुपर्छ । त्यसका लागि म यहाँ छु ।’

श्रम मन्त्री बोहोराले सेवा शुल्क बढाउन व्यवसायीले माग गरिरहेपनि त्यसबारे अन्तिम निर्णय नभएको बताए । ‘प्रधानमन्त्री ज्युले पनि यो विषयमा चासो देखाउनुभएको छ । हाम्रो वार्ता टोलीले व्यवसायीसँग छलफल गरिररहेको छ । केही समयभित्रै यो सम्बन्धमा अन्तिम निर्णय हुनेछ’ उनले थपे ।

म्यानपावर व्यवसायी न्यनतम् शेवा शुल्क १० हजारबाट बढाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । उनीहरुले फ्री भिसा र टिकटको सुविधा दिएको भन्दै १० हजारको बिल थमाएर ८ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ । तापनि व्यवसायीले १० हजार सेवा शुल्कको व्यवस्था अब्यवहारिक भएको भन्दै बढाउन माग गरिरहेका छन् ।

श्रम सम्झौताको कुरा
उनले मलेसिया सरकार द्विपक्षीय श्रम सम्झौताका लागि तयार रहेको बताए । आफूहरुले कामदारका हितमा उठाएका विभिन्न विष्यलाई त्यहाँको गृह मन्त्रालयमा पुर्‍याएर अर्को चरणमा वार्ता बस्ने सहमति भएको जानकारी दिइएको छ ।

‘केही दिनमै मलेसियासँग वार्ता गर्न हामी कमिटी बनाउँछौं । मलेसियाले पनि बनाउँछ । त्यसपछि सम्झौताका लागि अन्तिम तयारी सुरु हुन्छ,’ मन्त्री बोहोराले भने ।deepak-bohora sram mantri

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्