27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 04:39

TRENDING .

बंगलादेशी रेष्टुरेन्टमा बन्धक बनाइएका २० को हत्या १३ जनाको उद्दार

- Advertisement -

असार १८ (एजेन्सी) : बंगलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा बन्धक बनाइएकाहरूमध्ये २० जना मारिएका छन् भने १३ जनाको उद्दार गरिएको छ । आईएसका बन्दुकधारीहरूले शुक्रबार ढाकास्थित होस्ले आर्टिसान बेकरी क्याफेमा बन्धक बनाइएका मध्ये २० जना मारिएका हुन् । मारिएका सबैलाई धारिलो हतियारको प्रहार गरिएको सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नइम अश्फाकले जनाएका छन् ।Logo Hulaki

यस्तै, लेफ्टिनेन्ट कर्नेल तुहिन मोहम्मद मसुदले अन्य बन्धकहरूपनि घाइते भएको हुन सक्ने बताएका छन् । मसुदले भने, ‘हामीले ६ बन्धुकधारीलाई मारेका छौँ र मुख्य भवनमा अहिले हाम्रो नियन्त्रणमा रहेको छ ।’ जापानले उनीहरूको एक नागरिकको उद्दार भएको र ७ जनाको अवस्थाबारे आफूहरूले जानकारी नपाएको बताएको छ । उद्दार गरिएका दुई श्रीलंका र एक जापानी नागरिक घाइते भएका छन् ।

यसअघि प्रधानमन्त्री शेख हसिनाले १३ बन्धकहरूको उद्दार गरिएको छ । उनले ६ जना बन्धुकधारी मारिएको र एक जनालाई पक्राउ गरिएको बताइएको छ । बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने क्रममा २ जना प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ भने ३० प्रहरी पनि घाइते भएका छन् । घटनास्थलमा भएका सुरक्षाकर्मीले प्रहरी घटनास्थलमा छिर्दा बन्दुकधारीले गोली र ग्रिनेड प्रहार गरेको बताएका छन् । ढाकामा रहेका इटालीका राजदूतका अनुसार उक्त रेष्टुरेन्टमा ७ जना इटालीयन नागरिक रहेको हुन सक्ने बताएका थिए । यस्तै, जापानको सरकारले पनि बन्धकमध्ये आफ्ना केहि नागरिक पनि रहेको हुन सक्ने बताएका थिए । बंगलादेशी प्रहरीको र्‍यापिड एक्सन बटालियनका सहायक निर्देशक मिजानुर रहमान भुइयानका अनुसार प्रहरीले रेष्टुरेन्टमा कारकाही सुरु गर्दा एक जापानी बन्दुकधारीको नियन्त्रणबाट भागेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्