27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 02:12

TRENDING .

भारी वर्षा संगै डांडै बग्ने खतरा, अनुमाननै नगरिएको ठाउमा दुर्घटना हुनसक्छ : विज्ञ

- Advertisement -

काठमाडौँ- देशैभरी भारी वर्षा भएपछि भूकम्पले चिरिएका जमिन धसिन थालेका छन् । निरन्तरको वर्षाले सबै नदीमा पानीको वहाव बढेर केही नदी खतराको स्तरमा पुगेका छन् ।

निरन्तरको वर्षापछि पहाडी भेगमा चिरएका डांडै बग्ने खतरा बढेको छ भने तराईमा बाढी र नदी थुनिने संभावनापनि त्यतिकै छ । ‘यही गतिमा निरन्तर पानी पर्दा देशका धेरै ठाउं बाढी पहिरोले बगाउने देखिन्छ,’ त्रिभुवन विश्व विद्यालय पूल्चोक इन्जिनियरिङ क्याम्पस, प्रकोप अध्ययन केन्द्रका उप निर्देशक बसन्तराज अधिकारीले भने ।Logo Hulaki

विज्ञका अनुसार, भूकम्पले चिरिएका जमिन वर्षामा सबैभन्दा खतरा हुन्छन् । गत वर्ष कम वर्षा भएका कारण चिरिएका जमिनमा धेरै पहिरो गएन । तर यो वर्ष त्यो खतरा दोब्बर भएको उनीहरुको निष्कर्ष छ । ‘जमिन चिरिएका छन्, तर पुरिएका छैनन् । त्यहां पानी परेपछि धसिएर पहिरो जान्छ,’ अधिकारीले भने, ‘धादिङमा बिहीबार गएको पहिरो त्यसैको नमूना हो ।’

गत वर्ष देशभरी मनसुनमा औषतभन्दा कम वर्षा भएको थियो । यो वर्ष भने विज्ञहरुले देशभरी बढी वर्षाको अनुमान गरेका छन् । मनसुनको सुरु मै भएको वर्षाले समेत त्यो अनुमान पुष्टी गरेको छ । यस्तो वर्षामा भूकम्पले चिरिएका डाँडा अनुमानै नगरिका ठाउंमा खस्न सक्ने उनको अनुभव छ ।

अधिकारीले भने, ‘काभ्रेको माथिल्लो भेगमा चिरिएकाजमिन टालिएको छैन, पानी छिरेपछि डांडै झर्ने खतरा छ,’ सो क्षेत्रमा गत वर्ष डाडाको लेजर स्क्यान गरेका थिए । काभ्रो चन्दनी मन्दन गाउंमा माथी धांजा फाटेको छ त्यहां १० सेन्टीमिटरसम्मको चिरा देखिएका छन् तर टालिएका छैनन् । ‘यस्ता डाँडा पानी परेपछि माथीबाट खस्ने संभावना धेरै हुन्छ, सरकारी ध्यान जान जरुरी छ’ अधिकारीले भने ।

(अन्नपूर्ण पोस्टमा खबर छापिएको छ)

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्