27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:41

TRENDING .

२ बर्ष देखि पारिश्रमिक नपाएको भन्दै रेडीयोकर्मी आन्दोलीत

- Advertisement -

कञ्चनपुर,असार १७ । पारिश्रमिक पाएपछि महेन्द्रनगरबाट प्रशारणमा रहेको रेडियो पश्चिम नेपाल ९१ मेगाहर्जका ५ जना पूर्व कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । विगत २ बर्षदेखि काम गर्दै आएका ५ जना रेडियोकर्मीहरुले दुईबर्ष देखिको पारिश्रमिक नपाएको भन्दै आज एक संयुक्त विज्ञप्ती जारी गरेका छन् । रेडियोका सञ्चालक तथा पत्रकार माहासंघ कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बोहराले पारिश्रमिक माग्दा दुव्र्यवहार गरेको र पारिश्रमिक नदिने धम्की दिएको जनाएका छन् ।
‘जीम्मेवार व्यक्तिबाटै श्रमशोषण भएको छ’ पूर्व प्रविधिक प्रमूख विष्णु भट्टले भने, ‘पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि न्यायका लागि गुहार
मागेका हौ ।’
करिव ११ लाख पारिश्रमिक नपाएको दुखेसो
रेडियोमा प्राविधिक प्रमूख भएर काम गरेका विष्णु भट्टको ३ लाख ६० हजार, विजनेश मानेजर केशवराज जोशीको २ लाख ४० हजार तथा विज्ञापन बाफतको कमिसन र कार्यक्रम सञ्चालक हेमराज थापाको २ लाख ८८ हजार, मौसमी पाठकको १ लाख २० हजार र केशव भट्टको ७५ हजार पारिश्रमिक रकम नपाएको विज्ञप्तीमा उल्लेख छ । सञ्चालक बोहराले आफ्नो संस्थामा पनि काम गर्ने वतावरण नमिाालएको र अन्य मिडियामा काम गर्न जादा पनि बदनामी हुनेगरी अनेकथरी आक्षेप लगाएर काम गर्न असहज वातावरण बनाएको विज्ञप्तीमा जनाईएको छ ।
‘पारिश्रमिकका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गररेपछि अव हामी कानुनी प्रक्रियामा अघि बढ्न चाहान्छौ । हामीले पाउनु पर्ने बक्यौता रकम एकमुष्ट दिलाईदिनका लागि पत्रकारमाहासंघ, प्रेस काउन्सिल लगायतका सम्बन्धीत निकायहरुलाई पनि आग्रह गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ ।
‘विद्युत महशुल तिर्न नसकेपछि चोरेर लाईन जोडियो’
एक अर्को प्रसंगमा उक्त विज्ञापनमा नेपाल सरकार सञ्चारमन्त्रालयको निति नियम विपरित सञ्चालन भए देखि अहिले सम्म रेडियोले राजस्व रोयल्टी नतिरकन सञ्चालनमा रहेको पनि उल्लेख छ । यस्तै रेडियोले विद्युत प्राधिकरणमा महशुल तिर्न सकेपछि लाई काटिएको तर रेडियो सञ्चालक बोहराले अबैधरुपमा मिटरविना नै विद्युत चोरी गरेर रेडियो चलाईरहेको पुष्टी हुन आएको भनिएको छ । यस्तै खानेपानीको पनि मिटर निकाली अबैधरुपमा प्रयोग गरिरहेकाले कार्वाहीका लागि सम्बन्धीत निकायहरुलाई विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । (लुम्बिनीखबर अनलाईनमा खबर छ)

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्