नवलपरासी, १७ असार । सांसद देवकरण कलवारले नवलपरासीको सुस्तामा भईरहेको बिभिन्न निमार्ण काममा भारतिय पक्षद्धारा भएको अबरोधको बिषयमा आज सदन ( संसद ) समक्ष जानकारी गराउनुभएको छ । संसदमा बिशेष समय लिएर बोल्दै कलवारले सुस्तामा निमार्णाधिन नारायणी नदी तटबन्धन गर्ने काम साथै सुस्तामा झोलुडगे पुल निमार्ण कार्यमा भारतिय पक्षले अबरोध गराएको जानकारी गराउनुभयो । सभामुख मार्फत संसदमा जानकारी गराउदै कलवारले २०६२ सालमा नेपाल र भारतिय अधिकारी बिच सहमती अनुसार सिमाकंन भएको भएपनि नेपाली भुमीमा समेत भारतिय पक्षले काम गर्न अबरोध गर्दै आएको जानकारी दिनुभयो । सांसद कलवारले सिमांकन भएको स्थल करिब १ मिटर वरपर जुन नेपाली भुमी हो सो क्षेत्रमा तटबन्धन गर्ने काम , झोलुडगे पुल निमार्ण कार्यमा समेत भारतिय पक्षले अबरोध गरेको सदनमा जानकारी दिनुभयो । सो क्रममा बोल्दै कलवारले सूस्ताको बिकास निमार्णको काममा भारतिय पक्षद्धारा भएको अबरोध प्रति चिन्ता ब्यक्त गर्दै यसलाई सरकारले कुटनितिक पहल गर्नुपर्ने बिचार राख्नुभयो । सो अवसरमा सांसद कलवारले सुस्तामा १४ हजार हेक्टर नेपाली भुमी भारतिय पक्ष कब्जा गरिसकेपछि अझै पनि कर्यौै बिगाहा नेपाली भुमी सुस्ताबासी जोतभोग गर्न बाट बांन्चित भएको जानकारी दिनुभयो ।