8.1 C
Kathmandu
Flowers in Chania

ट्रेड यूनियनको चुनावमा कर्मचारी मिलन केन्द्र नवलपरासीले यूनियन संघलाई सहयोग ग¥यो

- Advertisement -

हरि शर्मा
परासी, १७ जेठ ः निजामति कर्मचारीहरुको छाता संगठनको रुपमा हुन गईरहेको आधिकारी ट्रेड यूनियनको चुनावअन्तर्गत नवलपरासीमा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले  नेपाल निजामति कर्मचारी यूनियन संघलाई समर्थन गरेको छ । आधिकारीक ट्रेड यूनियनको चुनाव बुधवार देशभर एकै पटक हरेक जिल्लामा हुँदै छ । जसका लागि नवलपरासीमा सदरमुकाम परासीको शान्ति चौरमा मतदान स्थल तोकिएको यूनियन संघका जिल्ला संयोजक सुनिल लामिछानेले बताए । चुनाव प्रचार प्रसार अभियान अन्र्तगत सोमबार परासीमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा कर्मचारी मिलन केन्द्रका केन्द्रीय सचिव गोपालप्रसाद आचार्य, जिल्ला अध्यक्ष महेन्द्र चापागाई, उपाध्यक्ष जोगिन्द्र वानिया, कोषाध्यक्ष पूर्णबहादुर मुखिया र  सदस्य ओमप्रकाश यादवसहित केन्द्रको जिल्ला समितिले नेपाल निजामति कर्मचारी यूनियन संघलाई समर्थन गरेको घोषणा गरेको हो । समर्थन गरेका सबै पदाधिकारीहरुलाई युनियन संघका केन्द्रीय सदस्य विष्णु रायमाझीले खादा ओढाएर स्वागत गरेका थिए । स्वतन्त्र कर्मचारी मिलन केन्द्र करार कर्मचारी, चालक र कार्यालय सहयोगीहरुले छुट्टै गठन गरेको संगठन हो । चुनावमा नवलपरासीबाट ६ सय ७३ जना कर्मचारीहरु सहभागीहुँदै छन् ।  नवलपरासी जिल्लाबाट २ सय २५ भन्दाबढी कर्मचारी आफ्नो पक्षका रहेको कर्मचारी यूनियन संघका सहसंयोजक लामिछानेको दाबी छ भने  नेपाल निजामती कर्मचारी संगठनले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेको छ । अन्य संगठनहरुले एमाले र कांग्रेस पछि आफुहरुको पक्षमा कर्मचारीहरु बढी रहेको दाबी गर्दै आएका छन् ।  यसैबीच यूनियन संघ नवलपरासीले राखेको परिचयात्मक कार्यक्रममा केन्द्रीय सदस्य विनोद अधिकारी, नेपाली कांग्रेस जिल्ला सचिव विक्रम यादव, पत्रकार हरि शर्मा, कांग्रेस रामग्राम नगर समिति सभापति नारायण रेग्मी, कर्मचारीहरु हरि गौतम, खुम भण्डारी, रमेश गौतम, टेकराज शर्मा, चिरञ्जीवि अर्याललगायतले कर्मचारीको चुनावका बारेमा प्रकाश पारेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्