फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या या आत्महत्या भन्ने विषय अझै टुङगो लाग्न सकेको छैन् । प्रहरीले नियन्त्रणमा राखेको मृतक घर्तीको प्रेमीका भनीने आशिषको टाउको दुखेको भन्दै अनुसन्धान रोकीएपछी यस वारे थप तथ्य वाहीर आउन सकेको छैन् । अनुसन्धानमा खटेको प्रहरी अधिकारीका अनुसार उनैले हत्या गरिएको लगभग पुष्टि भईसकेको छ । तथापि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिने उनले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । जसमध्ये आशिष चौधरी पनि एक छन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् । प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । घर कोही नभएको बेला उनको हत्या भएको हो । आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले मनिषाको हत्या भएको हुने सक्ने बताए । मनिषाको घांटीमा निल डाम समेत रहेको छ । उनको शरिर खुट्टा टि टेबुल तिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा भेटिएको स्थानीयले बताए । एन्फाका केन्द्रिय सदस्य प्रकाश पंगेनीले घटनाको प्रकृति हेर्दा मनिषाको हत्या भएको बताए । नवलपरासीको बर्दघाट नगरपालिका ८ भुताहा निवासी १७ बर्षीया मनिषा घर्तीको शव मृत अवस्थामा विहीबार विहान आफ्नै कोठाको ओछ्यानमा फेला परेको हो । आमा बुटवल गएकी थिइन। आज विहान घर फर्कदा घरका ढोका खुल्लै रहेको र छोरी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि गाउंले र प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक केसीले बताए । मनिषाकी आमा घर फर्किन्दा ढोका नलगाइएको र बिजुलीको मेन स्वीच अफ गरिएको थियो । घटना योजनावद्ध थियो वा क्षणिक आवेशको परिणाम थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।