नवलपरासी ।जेठ। १२। पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट नगरपालिका ११ हर्कपुरमा आज विहान मिनि ट्रक दुर्घटना हुदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १६ जना घाईते भएका छन । ईलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार सल्यानबाट मजदुर बोकी काठमाण्डौका लागि छुटेको बा २ क ११३७ नम्बरको मिनि ट्रक आफै अनियन्त्रित भई सडक छेउमा रहेको स्वामीको रुखमा ठोकिन जांदा सो दुर्घटना भएको हो । एक जना पुरुष र एक जना महिलाको मृत्यु भए पनि मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी अन्य १६ जना घाईते भएका छन । घाईते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार रहेकाले यति धेरै जना मिनी ट्रकमार्फत किन काठमाण्डौ जादै थिए भन्ने बारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।