27 C
Kathmandu
Monday, June 21, 2021

“रामनगर जेसीज नवलपरासी द्वारा रक्तदान कार्यक्रम सम्पन्न”

- Advertisement -
- Advertisement -spot_imgspot_img

११ जेष्ठ, नवलपरासी ।
रामनगर जेसीज भुमही नवलपरासीको आयोजना तथा जिल्ला रेडक्रस संघ नवलपरासीको समन्वयमा मंगलवार रक्तदान कार्यक्रम समपन्न भएको छ र उक्त कार्यक्रममा २० जना व्यक्तिहरु द्वारा रक्तदान गरीएको छ । रामनगर जेसीज वर्ष २०१६ का अध्यक्ष जेसी बलराम चापागाँईको अध्यक्षता तथा उपाध्यक्ष ढुण्डिराज भट्टराइको संयोजनमा सञ्चालन रहेको उक्त कार्यक्रमा पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसन नेपालका अध्यक्ष प्रेमनारायण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिमा प्रहरी युक्ति तालिम महाविधालय प्रहरी उपरिक्षक टिकाबहादुर कार्की रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा रामग्राम जेसिजका अध्यक्ष जेसी सुरज पाण्डे, नेपाल जेसीजका पुर्व राष्टृय उपाध्यक्ष जेसी शृधर वस्याल, रामग्राम महिला जेसी अध्यक्ष जेसी प्रभा ज्ञवाली रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य संयोजक जेसी ढुण्डिराज भट्टराईले गर्नुभएको थियो भने रामनगर जेसीजका संस्थापन अध्यक्ष जेसी डोलराज भण्डारीको शुभकामना मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रामनगर जेसीजका महा सचिव भोजराज पौडेल ले गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्