8.1 C
Kathmandu
Flowers in Chania

लुम्बिनि विकास कोषले गरेको कार्यक्रममा कोष विरुद्धै नारावाजी

- Advertisement -

मोहन पौडेल, परासी, ११ जेठ । लुम्बिनी विकास कोषले परासीमा गरेको अन्तरक्रिया कार्यक्रममा कोष विरुद्धै नारावाजी भएको छ । भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली पण्तिपुरको विकासका लागि परासीमा गरेको अन्तरक्रिया कार्यक्रममा कोष विरुद्ध नारावाजी भएको हो । लुम्बिनि विकास कोषले लुम्बिनि जत्तिकै महत्व रहेको रामग्राम स्तुपलाई वाईपास गर्दै आएको भन्दै कार्यक्रममा सहभागि स्थानीयवासीले नारावाजी गरेका हुन ।

स्थानीयवासी तथा रामग्राम दिगो पर्यटन प्रवद्र्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले लुम्बिनि विकास कोष मुर्दावाद, हामिलाइ रामग्राम विकास कोष चाहिन्छ भन्दै नारावाजी गर्नुभएको हो । कार्यक्रममा वितरण गरिएको लुम्बिनि विकास कोषले प्रकाशन गरेको लुम्बिनि दपर्ण नामक स्मारिकामा समेत रामग्राम स्तुपबारे केहि उल्लेख नगरिएको भन्दै उपाध्यायले आक्रोसित हुदैँ स्मारिका च्यात्नुभएको थियो ।

लुम्बिनि विकास कोषका सदस्य सचिव अजितमान तापाङ, कोषाध्यक्ष ओम अर्याल, नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेल, प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरी, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा केहि राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा नारावाजी भएपछि कोषका पदाधिकारीहरुले रामग्रामलाई लुम्बिनि विकास कोषले अव देखि वाईपास नगर्ने प्रतिवद्धता जनाएका छन् ।

अहिले सम्म जे जस्तो भयो, अव देखि हामि सक्रिय रुपले रामग्रामको विकासका लागि लाग्छौँ, रामग्रामवासीको घच्घचावटले हामिलाइ सक्रिय हुने बाटो देखाएको छ, कोषका सदस्य सचिव तामाङले भन्नुभयो । लुम्बिनि विकास कोषले रामग्राम स्तुपको संरक्षण गर्ने जिम्मा पाएपनि कोषले करौडौँ रकम फ्रिज गर्ने तर रामग्रामको विकासका लागि वेवास्ता गर्ने गरेकाले रामग्रामवासीको तर्फबाट आक्रोस पोखिएको उपाध्यायले बताउनुभयो ।

कार्यक्रममा सहभागि नेपाली काग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष सुवास गिरी लगायतले पनि अव लुम्बिनि विकास कोषले रामग्रामको विकासका लागि पहल नगरे लुम्बिनिबाट छुट्टीएर छुट्टै रामग्राम विकास कोष गठन गनृे चेतावनि दिनुभएको थियो । लुम्बिनि विकास कोषले रामग्रामलाई वेवास्ता गर्दै गएपछि रामग्राम स्तुपमा बुद्धजयन्ती समेत स्थानीय स्तरको पहलबाटै मनाउने गरिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्