24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

सहकारीले फेरेको बोटे महिलाको दैनिकी

- Advertisement -Flowers in Chania

 सावित्री रेग्मी,नवलपरासी जेठ ।

अन्य समुदाको तुलनामा पछाडी पारीएकको समुदायको रुपमा चिनिने समुदाय मध्ये माझि मुसहर र वोटे समुदाय पनि एक हो । विभिन्न कारणहरुवाट यो समुदाय पछाडी परिरहेको छ । तर पछिल्लो समय कावासोति नगरपालिका १५ वाघखोर मा वसोवास गर्दै आएका वोटे समुदायका मानिसहरुमा भने सहकारी ले जिवन शैलिमा नै परिवर्तन गराएको छ ।वाघखोरमा १६८ धरधुरी बोटे समुदायको वसोवास रहेको छ। सामान्य गरिविको जिवन गुजार्दे आएका यो समुदायका मानिसहरु गाउंमा नै सहकारी खुले संगै आर्थिक अवस्था लगाएत आफ्नो दैनिकीमा नै परीवर्तन आएको स्थानिय महिलाहरुले महशुस गरेका छन । सामान्यतया माछा मार्ने ,पढ्न नखोज्ने,गाईवस्तु चराउन जाने अनि माछा मारेर त्यहि माछा वेचेको पैसाले घर परिवार पाल्ने यसरी नै आफ्नो जिवन यापन गर्दै आएका यो समुदायको मानिसहरु अहिले माछा मार्ने पुखौलि पेशाको सट्टामा वेकल्पिक बाटो रोज्न थालेका छन । यसले गर्दा विभिन्न किसीमका तालिमहरुमा सहभागी हुने,खेतिपाति गर्ने , आफ्ना छोरा छोरीहरुलाई विद्यालय पठाउने जस्ता काममा अग्रसर हुन थालेका छन । जसले गर्दा पहिलेको तुलनामा गाउंको स्वरुपमा नै परिवर्तन आएको सिष्टाचार सामाजिक उद्यमी महिला सहकारी संस्था वाघखोर कि अध्यक्ष मिठुमायां वोटे वताउंछिन ।  यसरी गाउंमा महिला सहकारी खुलेपछि महिलाहरु पनि सहकारीका माध्यम बाट अगाडी बढ्न सक्छन भन्ने कुरा सावित भएको छ ।यो समुदायका महिलाहरुले आफ्ना समस्याहरु लाई खुलेर कसैका अगाडी बोल्न सक्थेनन् । आफ्नो परीचय दिन समेत डराउने अवस्था थियो भने अहिले घर वाट वाहिर निस्केर वोल्ने आफना समस्याहरु अरुलाई सुनाउने ,जस्तो ठाउंमा पनि गएर आफ्नो परीचय दिन परे पनि पछि नहट्ने ,अव घर ब्यवहारमा महिलाहरु पनि सक्रिय भएर लाग्नु पर्दछ भन्ने किसीमको सोचाईमा परिवर्तन आएको अध्यक्ष वोटे वताउंछिन।  अहिले सहकारी खुलेपछि स्थानिय महिलाहरुमा बचत गर्ने वानिको समेत विकास भएको छ । पहिला पहिला थोरै ऋणको आवश्यकता परयो भने पनि कहि पाईदैनथ्यो यदि पाई हाल्यो भने पनि महङ्गो ब्याज तिर्ने गरि लिनु पर्ने अवस्था रहेको स्थानिय शान्ति देवि वोटे वताउंछिन ।यसै गरि सोहि गाउंमा नै वसोवास गर्दे आएकी रुपा वोटे ले पनि सहकारी खुल्न भन्दा पहिला आफुहरुलाई बचत भनेको के हो ? बचत किन कसरी गर्ने भन्ने कुरा समेत थाहा नभएको उनि वताउंछिन । तर सहकारी खुलेपछि चाहिएको वेलामा ऋण निकाल्न पाईएको छ । बचत गर्ने वानिको विकास भएको छ । यसले गर्दा निकै सहज भएको उनिहरु वताउंछन । वाईट सामान्य गरीविको जिवन चलाउंदै आएका यो समुदायमा सहकारी को स्थापना संगै जन चेतनाको विकास पनि भएको छ ।जसले गर्दा गाउंको मुहारमा पनि परिवर्तन आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्