27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

‘बजेटलगत्तै’ नयाँ सरकार

- Advertisement -
- Advertisement -spot_imgspot_img

९ जेठ ।
आगामी आर्थिक वर्षको बजेटलगत्तै नयाँ सरकार गठन हुने भएको छ। सत्तागठबन्धनका प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादी (हाल नेकपा माओवादी केन्द्र) बीच जेठ २३ मा भएको नौबुँदे सहमति र ‘भद्र सहमति’ बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने तयारीमा छन्। दुई दलबीच सहमतिअनुसार जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्य सुरु हुुनेछ। ‘पेस्की खर्च विधेयक संसदबाट पारित भएपछि नयाँ सरकार गठनका लागि गृहकार्य सुरु हुन्छ,’ माओवादी निकटस्रोतले नागरिकसँग भन्यो, ‘बजेट पारित भएपछि नयाँ सरकार गठन हुनेछ।’ सामान्यता सरकारले बजेट प्रस्तुत गरेको एक/दुई दिनभित्रै एकतिहाइ खर्च गर्ने गरी ल्याइएको पेस्की खर्च विधेयक संसदबाट पारित गर्ने प्रचलन छ। त्यसपछि गठबन्धनलाई नेतृत्व फेर्ने कसरतका लागि बाटो खुल्नेछ। बजेट पारित भएपछि निर्वाचन नभएसम्म माओवादी र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति छ। वैशाख २३ गते दुई दलबीच नौबुँदे सहमति भएको थियो। जसअनुसार हालको गठबन्धन भने कायमै राखेर नेतृत्व फेरिनेछ।

बजेट जेठ १५ गते संसद प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। ‘बजेट प्रस्तुत भएको सात दिनभित्रैबाट यस्तो गृहकार्य सुरु हुन्छ,’ एक एमाले नेताले नागरिकसँग भने, ‘भद्र सहमति कार्यान्वयन गर्न नयाँ सरकार गठन हुनेछ।’ मंसिरमा स्थानीय निकाय चुनाव माओवादी नेतृत्व सरकारले गराउने ‘भद्र सहमति’ अनुसार सरकार परिवर्तन गरिने स्रोतले जनायो। वैशाख २३ को सहमतिमै माओवादीले सरकार नेतृत्व परिवर्तनको विषय राख्न चाहेको थियो तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेपछि पेस्की खर्च विधेयक पारित भएपछि नयाँ सरकार गठन गर्ने ‘भद्र सहमति’ भएको थियो। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न दिएलगत्तै सरकार नेतृत्व छाडिदिने विश्वास दिलाएका थिए।

त्यसलगत्तै दाहाल निर्णयबाट पछि हटेको थियो। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको माओवादी र एमालेबीच नौबुँदे सहमति भएपछि सरकार जोगिएको थियो। त्यतिबेला माओवादीले कांग्रेस समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरे पनि अन्तिम समयमा अध्यक्ष दाहालले एमालेसँग नौबुँदे सहमति गरी गठबन्धन थेगेका थिए। एमालेभित्र भने हाल देशमा देखिएको समस्या समाधान गर्न राष्ट्रिय सहमति सरकार नै गठन हुनुपर्नेमा दबाब छ। शनिबार धनुषाको औरही पुगेका एमाले नेता माधवकुमार नेपालले मधेसी र जनजातिको आन्दोलन तथा संविधानप्रति असन्तुष्ट समुदायको चित्तबुझ्दो निष्कर्ष निकाल्दै संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमति सरकार गठन गर्नुपर्ने बताए।
नागरिकबाट

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!