27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बुद्धको अस्तुधातु रहेको स्थल नवलपरासीको ‘रामग्राम स्तुप ’ ओझेलमा –भिडीयो सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
परासी, ९ जेठ ः विशेष कार्यक्रमको आयोजना गरि सरकारले शनिवार लुम्बिनीमा २५६० औं बुद्ध जयन्ती मनाईरहँदा नवलपरासीको रामग्राम स्तुप भने ओझेलमा प¥यो ।   स्तुपमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम हुन सकेन । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले स्तुपको अवलोकन गरेपछि रामग्रामवासीले सरकारी स्तरबाट कार्यक्रम हुने आशा राखेका थिए । तर सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नराखेपछि स्थानीयवासीले आफ्नै पहलमा बुद्धजयन्ती मनाए ।   स्थानीयवासीले नागरिक समाजका अध्यक्ष शंभु उपाध्यायको संयोजकत्वमा बुद्धजयन्ती मूल समारोह समिति गठन गरेर मनाइएको जन्मजयन्ती कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सरकारी कार्यालयका प्रमुखहरुसमेत सहभागी नभएपछि स्थानीयहरु खिन्न बनेका थिए ।  लाखौं रुपैयाँ खर्च गरेर लुम्बिनीमा जयन्ती मनाईरहँदा रामग्राममा देखाइएको सरकारी उदासिनता प्रति स्थानीय सामाजिक संस्थाका प्रतिनिधिहरु सरकारप्रति आक्रोशित बनेका थिए ।   पटकपटक सरकारी स्तरबाट कार्यक्रमको आयोजना गर्न माग गर्दै आएपनि वास्ता नगरेपछि स्थानीयवासीहले स्वतस्फुर्त रुपमा  शनिवार ¥याली र अन्र्तकृया कार्यक्रम गरि बुद्ध जयन्ती मनाएका हुन् । रामग्रामको चहलपह बढाउन संघसंस्थाहरुले मेलाको आयोजनासमेत गरेका थिए । तराई क्षेत्रमा मेलाको आयोजना गरेपछि स्थानीयहरुको चहलपहल बढ्ने गर्दछ । बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप लुम्बिनी पछिको ऐतिहासिक स्थलको रुपमा रहेको क्षेत्र हो ।     अन्र्तकृया कार्यक्रममा स्थानीय समाजसेवी एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारीले लुम्बिनी विकास कोषले रामग्रामलाई बौद्ध सर्किटको रुपमा प्रचार–प्रसार एवं विकास गर्ने रणनीति लिएपनि वास्ता नगरेको भन्दै आक्रोश पोख्नु भयो ।  । उहाँले उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको रामग्रामलाई अघि बढाउने निजी क्षेत्रले पनि सक्दो सहयोग गर्ने भन्दै त्यसको सुरुवात सरकारी क्षेत्रबाट गर्न आग्रह गर्नुभयो ।
बुद्धसँग सम्बन्धित सबै स्थलको विकास, संरक्षण र सम्र्बद्धन गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषको रहेपनि त्यसले वेवास्ता गरेका कारण अब स्तुपको विकासका लागि रामग्राम पर्यटन विकास कोषको स्थापना हुनुपर्नेमा परासीबासीहरुले सरकारसँग माग गरेका छन् ।
२५३२ औं बुद्ध जयन्तीको अवसरमा वि.सं. २०४५ सालमा बौद्ध धर्माबलम्बीहरुले रामग्रामकोे महत्वका बारेमा जानकारी दिएपछि स्थानीय स्तरबाट बुद्ध जयन्ती मनाउन सुरु गरिएको नागरिक समाजका अध्यक्ष शंभु उपाध्यायले बताउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!