27 C
Kathmandu
Monday, June 21, 2021

“नेपाली कांग्रेस रामनगर गाँउ कार्य समिती द्वारा पार्टी संगठन सुदृढिकरणको पहल”

- Advertisement -
- Advertisement -spot_imgspot_img

जीवन न्यौपाने,
०८ जेष्ठ, भुमही नवलपरासी ।
नेपाली कांग्रेस रामनगर गाउँ कार्यसमिती भुमही नवलपरासीले पार्टी सुदृढिकरणको निमित्त आफ्नो गाविसमा तदरुकताका साथ पहल सुरु गरेको छ । नेपाली कांग्रेस रामनगर गाउँ कार्य समिती द्वारा शनिवार रामनगरको भुमहीमा आयोजना गरीएको संगठन सुदृढिकरणका लागी अन्तरकृया कार्यक्रमबाट पार्टीलाई आगामी दिनमा थप संगठित, प्रभावकारी एंव पारदर्शी बनाउनको निमित्त महत्वपुर्ण भूमिका रहने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नेपाली कांग्रेस जिल्ला सभापती विष्णु लामिछाने ले ” “पार्टीलाई संगठित र प्रभावकारी बनाउनको निमित्त नेपाली कांग्रेस रामनगर गाउँ कार्य समिती जिल्लामै उदाहरणिय र प्रसंसायोग्य रहेको कथन गर्नुभयो । उहाँले “पार्टीमा सम्लग्न सम्पुर्णलाई एकले अर्काको नेतृत्व र अस्तित्वलाई सहजै ग्रहण गरी सबैको सम्मानको वातावरणको सिर्जना गर्नुपर्ने”मा जोड दिनुभयो । साथै पार्टीबाट आयोजना गरीने सम्पुर्ण गतिबिधिहरुलाई स्वच्छ, प्रभावकारी र कम खर्चिलो बनाउनको निमित्त समेत सबैमा आग्रह गर्दै आफुले पार्टीलाई व्यक्ती विशेष दास बनाउन नचाहेको पनि प्रष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस रामनगर गाउँकार्यसमितिका सचिव जयराम वस्यालाले पार्टीको  १३ औँ महाधिवेशन पछी नयाँ निर्वाचित कार्यसमिती द्वारा भएका प्रगतीहरुको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साथै नेका रामनगर गाँउ कार्यसमिती संगठन विभाग प्रमुख यमलाल पाण्डेले नेपाली कांग्रेस जिल्ला कार्यसमिमिती द्वारा जिल्लामा बनाउन लागिएको विपी स्मृति भवन निर्माण कार्यको सहयोगार्थ रामनगर गाँउ कार्य समिती द्वारा विभिन्न व्यक्तिहरुबाट संकलित एक लाख, एकहत्तर हजार, नौ सय उन्नपचास रुपैयाँ रकम नेका क्षेत्र न ४ का सभापती नरेन्द्र कुमार गुप्तालाई हस्तान्तरण गर्नुभयो । त्यस्तै जिल्ला सभापती लामिछाने ले रामनगर गाविसका ९ वटै वडाका वडा सभापतिहरुलाई पार्टीको नाम र चिन्ह सहितको झोला प्रदान गर्नुभयो ।
नेपाली कांग्रेस रामनगर गाउँ कार्य समितिका सभापती रामबहादुर छेत्रीको सभापतित्त्वमा रहेको कार्यक्रममा नेका रामनगर गाँउ कार्य समिती संगठन विभाग प्रमुख यमलाल पाण्डेको स्वागत मन्तव्य दिनुभएको थियो । भने छेत्रीय सदस्य माधव प्रसाद पाण्डेले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नुभएको थियो । त्यस्तै सहभागी अतिथी हरुमा महाधिवेशन प्रतिनिधी टङ्क प्रसाद न्यौपाने, नेका क्षेत्र न ४ का छेत्रीय सभापती नरेन्द्र कुमार गुप्ता, छेत्रीय सचिव प्रदिप सिंह, सदस्यहरु माधव प्रसाद पाण्डे, होमनाथ चौधरी, हुमकान्त पौडेल, अमृत जिसि, लक्ष्मी भट्टराई, मोतिलाल क्याम्पस इकाइ समिती सभापती जीवन न्यौपाने लगायत रहेको कार्यक्रमको सञ्चालन नेका रामनगर गाउँ कार्य समिती सचिव जयराम वस्यालाले गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्