27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

आज बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम

- Advertisement -
- Advertisement -spot_imgspot_img

विश्व शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको २५६०औं जन्म जयन्ती, आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

बौद्ध धर्मका अनुयायीहरुले बुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्ने गरेका छन् । बुद्ध जयन्तीका अवसरमा नेपालसहित विश्वभरका बौद्धधर्मावलम्बीहरुले बुद्धका सन्देशयुक्त प्रवचनहरु सुनाउने तथा धर्मसभाहरु गर्ने गर्छन् । बुद्ध जयन्तीका अवसरमा बौद्धविहार, मठ तथा गुम्बाहरुमा विशेष कार्यक्रम हुने गर्दछ भने बौद्ध तीर्थस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भूमा ठुलो मेला लाग्ने गरेको छ ।

आज बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका लाखौं बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरु बुद्धप्रति श्रद्धाभाव प्रकट गर्न सहभागी हुन्छन् । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरुमध्ये एक अवतार मान्दछन् भने एसियाका ताराको रुपमा पनि विश्वभर चिन्ने गरिएको छ ।

यसैबीच आज लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । बुद्धजयन्ती समारोहमा झण्डै १५ हजार जना सहभागी हुने अनुमान गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!