27 C
Kathmandu
Monday, June 21, 2021

ओझेलमा परेको नवलपरासीको लोहाश्यशोर क्षेत्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

दयाराम आचार्य
नवलपरासी, जेठ  ८

नवलपरासीका विभिन्न ठाउहरूमा पर्यटकीय सम्भावना बोकेका स्थलहरू रहेका छन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटक समेतलाई आकर्षित गर्ने स्थानहरू भएपनि ती स्थानहरूको उचित विकास र व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको अवस्था छ । जसमध्येको एक मध्यबिन्दु ८ मा रहेको लोहाश्यशोर मन्दिर क्षेत्र जसलाई बोलीचालीको भाषमा लोशेधारा भनेर पनि चिन्ने गरिन्छ । कुनै विषेश समयसँगै विवाह ब्रतबन्ध लगायतका धार्मिक  कार्यहरू गर्नकालागि साथै बनभोज खानका लागि नवलपरासी नवलपुर क्षेत्रका सर्वसाधारहरूको रोजाईको स्थानमा समेत परेको सो स्थानको उचित व्यवस्थापन र विकास गर्न सके आन्तरिक पर्यटकलाई आकर्षित गर्ने राम्रो स्थान बन्न सक्छ । पहाडको काखमा रहेको  शान्त शितल र रमणिय रहेको सो स्थानमा पुग्दा जो कोहीको मन आनन्दित हुन्छ । मन्दिरको नाम लोहाश्यशोर मन्दिर भएपनि सर्वसाधारणहरू सो क्षेत्रलाई लोशेधारा भनेर उच्चारण गर्ने गर्दछन ्। त्यहा पुग्ने कमैलाई मात्र यसको नामसँग जोडिएको धार्मिक किम्बदन्ति को बारेमा थाहा होला। शास्त्रीय हिसाबमा लोमन नामका ऋषिले तपस्या गरेको र स्थानीय भाषामा लोहाश्यशोर नामका बाबाले फलामको चिउरा खाएर कठिन तपस्या गरेको भन्ने आधारमा सो मन्दिरको नाम लोहाश्यशोर रहन गएको साथै शुरुमा काठको धारा रहेको र सोही धारामा आदिबासी थारु,कुमाल,बोट दराई समुदायका ब्यत्तिहरूले मागेको पुग्छ भनी कृष्ण अष्टिमिको दिनमा राति जागाराम बसेर पूजा आजा गर्ने गरेको र अहिले पनि आदिबासिहरूले वर्षको एक दिन फलामको चिउरा,कठपाउ आदि सामाग्रि चढाएर पूजा गर्ने चलन समेत रहेको साबिक तम्सरीया गाविस  अध्यक्ष  दान बहादुर रायमाझिले बताउनुभयो । प्रारम्भकालमा आदिवासीको धार्मिक आस्थाको केन्द्र रहेको सो क्षेत्रमा हाल अन्य समुदायका व्यक्तिको पनि उत्तिकै आस्था रहेको छ ।

तमसरयिको चोरमारा बजारबाट करिब २ किलोमीटर उत्तरमा पर्ने यो मन्दिर को अहिलेको भौतिक संरचाना २०५३ साल स्थापना गरेको भएपनि यस मन्दिर रहेको ठाउमा बिक्रम संमत १८७५÷७६ तिरबाटै पुजागर्ने चलन रहेको थियो । बिक्रम संबत १८७५ सालतिर त्याहाँ बसोबास गर्ने ब्यत्तिहरूको जग्गा दर्ता रहेको अभिलेखको आधारमा यसको स्थापना पनि त्यतिनै खेर भएको हुन सक्ने मन्दिर रायमाझिले बताउनुभयो ।
रायमाझिका अनुसार मन्दिर परिसरमा रहेको पुरानो काठको धाराको पनि छुट्टै विशेषता रहेको छ । उहाँका अनुसार सो धाराबाट बग्ने पानी खडेरी होस या वर्षा याम धाराबाट बगेको पानीको मात्रा सधंै एकै रहिरहन्छ र कहिल्यै पनि सुक्ने या बढी मात्रामा पानी आउने गर्दैन ।
धार्मीक मान्यताका आधारमा ऐतिहासीक महत्व बोकेको सो क्षेत्रको बिकाश गर्न सके आन्तरीक पर्यटकको गन्तव्य बन्न सक्ने थियो ।यस कारण सम्बन्धित सबै पक्षले ओझेलमा परेका यस्ता क्षेत्रको विकाश गर्न आवश्यक कदम चाल्न आवश्यक  रहेको देखिन्छ ।[/dropcap]

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्