27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

थपियो नवलपरासीमा संचारकर्मी तथा पत्रकार संघ

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा ,परासी।  संचारकर्मी तथा पत्रकार संघ नवलपरासीको दर्ता संगै नवलपरासीमा संचारकर्मीको हकहितकालागी कृयाशिल संस्थाको संख्या ८ पुगेको छ ।  यस अघि जिल्लामा पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, कृयाशिल महिला पत्रकार समुह, स्वतन्त्र पत्रकार संघ लगाएतका संस्था रहेतापनि संचारकर्मी तथा पत्रकारका समस्याको समाधान तथा उनिहरुको प्रोत्साहनका लागी कुनै पहल नगरिएको संचारकर्मीबाटै गुनासो आईरहेका वेला संचारकर्मी तथा पत्रकार संघ नवलपरासी नामक संस्था दर्ता गरिएको हो । संचारकर्मीको भनिएका संस्था त धरै छन तर संचारकर्मीका समस्या भने जिउँकातिउँ संचारकर्मी नै भन्छन । भन्दा संचारकर्मीको हितमा सकृय संस्था भन्ने कतै ब्यक्तिगत कमाईखाने भाडो बनाउने कतिपय पार्टीको खोल ओडेर पार्टीको नेताको पत्रकार संम्मेलनका लागी मात्र सक्रियता देखाउने पत्रकारका संस्था जस्तै हुनेहो भने पत्रकारको संस्था भन्नुको के अर्थ यो संघ त्यस्तो नहोस भन्छन एकजना संचारकर्मी । खगराज सापकोटाको अध्यक्षतामा स्थापना गरिएको संचारकर्मी तथा पत्रकार संघ नवलपरासीले पनि आगामी दिनमा पत्रकारका हितमा के कस्ता योजना ल्याउनेहो त्यो हेर्नकालागी भने कुर्नै पर्ने हुन्छ । यो संस्था पनि नाम मात्रको पत्रकारको संस्था नबनोस हामी संचारकर्मीहरुको शुभकामना ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!