27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

कबाड मिलाउने क्रममा २ जनाको ज्यान गयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

वृजराज कुशवाहा नवलपरासी जेठ ६ गते ।

नेपालबाट भारत लगिएको कबाड मिलाउने क्रममा सीमावर्ती भारतीय बजार ठूठीबारी केवटनिया गाउंमा एकै परिवारका २ जनाको ज्यान गएको छ । सोही परिवारका अन्य ३ जना घाइते भएका छन् । नवलपरासीको महेशपूरको नजिकैको भारतीय बजार ठूठीबारीको केवटनिया टोलमा कबाडलाई काटछांट गर्ने क्रममा त्यसमा रहेको साकेट बम विस्फोट हुन गई ५० वर्षे बिकाउ सहानी र ५ वर्षे अमन सहानीको घटनास्थलमै ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । परिवारका अन्य ३ जना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा एकै परिवारका बालबालिकाहरु उर्मिला सहानी, निखिल सहानी र ममता सहानी रहेका छन् । उपचारका लागि तिनै जनालाई जिल्ला अस्पताल महराजगञ्ज लगिएको छ । घाईते तिनै जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।  न्युन आय स्तरको रहेको सो परिवारले जिविका धान्न कबाडीको काम गर्दै आएको थियो । नेपालबाट लगेको कबाडलाई धातु अनुसारको फुटाउने र अलग्याउने क्रममा सकेट बम पडकिएको थियो । घटनामा नजिकै खेलीरहेका ती ४ बालबालिकाहरु विस्फोटमा परेको स्थानीयको भनाई छ ।  भारतीय प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बम नचिनेका कारण फुटाउन खोज्दा सो घटना हुन गएको हुन सक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!