27 C
Kathmandu
Monday, June 21, 2021

२५ हजारको लोभमा आफ्नै साथीको घाटी काटेर हत्या (भिडीयो सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

नविन पौडेल । जेठ ४ । २५ हजार रुपैयाको लागि आफ्नै साथीको घाटी रेटेर हत्या गर्ने २ जना आरोपित लाई ईलाका प्रहरी कार्यालय कावासोती नवलपासीले बुधवार सार्वजनीक गरेको छ । बैशाख १५ गते नवलपरासीको दुम्किवासमा २० वर्षिय भारतीय नागरीक ब्रिजमोहन गुप्ता लाई आफ्नै कोठामा वस्ने २ जना साथीले घाटी थिचेर मारेपछी चक्कुले घाटी काटेर जंगलमा फाल्ने भारत मोतिहारीका सुरेन्द्र कुमार शाह र मुसाफिर खान लाई सार्वजनीक गरेको हो ।

http://https://www.youtube.com/watch?v=lrELvVqIr0k

कवाडी उठाउने काम गर्दा प्राप्त भएको रकमको विषयमा विवाद भएपछी टायर काट्ने चक्कुले टाउको काटेर जंगलमा टाउको फालेको र लास लाई दुम्किवास जंगलको कल्भटमा फ्याकेको अवस्थामा लास फेला परेको थियो । घटनाको अनुसन्धानलाई प्रभावित पार्न लास र टाउको छुट्टाछुट्टै स्थानमा फालिएको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान लाई तिव्रता दिएर हत्यामा सम्लग्न लाई दुम्किवास वाटै पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपि विक्रम थापाले जानकारी दिनुभयो । यसैविच प्रहरीले २०६८ सालमा कावासोती ५ का सुर्य सुवेदीको घरमा डाँका गरी फरार निरज थापा लाई समेत पक्राउ गरी सार्वजनीक गरेको छ ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्