27 C
Kathmandu
Monday, June 21, 2021

हाम्रो देशको बिडम्बना :- महेन्द्र चापागाई

- Advertisement -
- Advertisement -spot_imgspot_img
महेन्द्र चापागाई।
नेपालका राजनीतिक दलका नेताहरुले बुझ्नु पर्ने कुरा के हो भने किन यो देशका नागरिक नेपाली नागरिकता त्यागी विदेशी नागरिकता प्राप्त गर्दा खुशी हुन्छन् । केहि हजार नागरिकलाई डिभी चिठ्ठा पर्छ, लाखौ नागरिकले यसको फारम भर्छन भने अन्य लाखौ नागरिक विभिन्न कारणले भर्ने इच्छा हुदा हुदै पनि भर्न पाउदैनन् । यसले के प्रष्ट्याउछ भने नेपालका लाखौ नागरिकहरु अमेरिका तथा अन्य देशमा स्थायी रुपमा बसोबास गर्न नेपाल छोड्न तत्पर छन् । भलै त्यहाँ गएर दोस्रो दर्जाको नागरिकको जिवनयापन गर्न किन नपरोस् । अनि यस्तो अवस्थाका रहेको नेपालको विकास कसरी सम्भव होला ? के ति नागरिकलाई नेपालमै बस्ने वातवरणको सिर्जना गर्न सकिदैन ? अमेरिकामा डिभी परेर गएका प्राय व्यक्तिहरुले दोस्रो दर्जाको नागरिकको जिवन व्यतित गर्ने गर्छन । त्यहाँका नागरिकले गर्न नभ्याएका कामहरु गर्ने हो तरपनि नेपालमा पोहिलो दर्जाको नागरिक भएर जिवनयापन गर्नु भन्दा त्यहाँको दोस्रो दर्जाको नागरिक भएर जिवनयापन गर्न हामी नेपालीहरु तम् तयार छौ । आज भन्दा २ सय वर्ष अगाडी अमेरिका पनि त्यस्तो विकसीत राष्ट्र थिएन तर आज अमेरिका संसार कै विकसित राष्ट्र हो । मान्छेले चाह्यो भने असम्भव केहि पनि छैन । उनीहरु पनि मान्छे नै हुन् हामी पनि मान्छे नै हौं । उनीहरुले प्रयास गरे उनीहरु
सफल भए भने हामीले प्रयास किन नगर्ने ?आज नेपाली नागरिकहरु नेपाली नागरिकता त्यागि विदेशी नागरिकता प्राप्त गर्दा खुशी हुनुको कारण उनीहरुसंग नेपाली र नेपाल प्रति माया नभएर होईन । त्यो खुशीमा पनि कतै न कतै पिडा लुकेको छ । उनीहरुको मनमा नेपाल प्रति अथाह माया लुकेको छ । जसको उदाहरण हामी विभिन्न अन्तर्राष्ट्रिय खेककुद प्रतियोगीतामा उनीहरुले नेपाली खेलाडीलाई गरेको समर्थनबाट पनि बुझ्न सक्छौं ।हाम्रा प्रिय नेता ज्यूहरुले हामी नेपालीहरुलाई एक–आपसमा लडाएका नै हुन् । जे का लागि लडाए त्यसको उपलब्धिलाई पनि आत्मसाथ गर्न सकेनन् । के यो देशका नागरिकलाई यसै देशमा खुशीका साथ बस्न सक्ने वातारण निर्माण गर्न सकिदैन । नेपालका राजनीतिक दलहरुले एक आपसमा मिलेर देश बनाउने अठोटका साथ अगाडि बढ्ने हो भने सबै जनताले साथ दिने छन् । साथै डिभी तथा अन्य विभिन्न नाममा विदेशीएका नेपाली नागरिकहरु पनि फर्केर आउनेछन् किन कि “ जहाँ जाउ जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो” ।
लेखक
आवासीय नेपाली संघ, ९एन॰आर॰एन॰०
मोजाम्बिक,अफ़्रीका का उपाध्यक्ष हुनुहुन्छ ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्