27 C
Kathmandu
Monday, June 21, 2021

नवलपरासीमा विभत्स हत्यागरी फ्याकीएका एक युवकका हत्यारा अझै पत्ता लागेन , निष्पक्ष छानविन गर्न आफन्तको आग्रह

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी,जेठ ३ । गत बैशाख २४ गते विभित्स हत्या गरिएर फालिएको अवस्थामा नवलपरासीको दुम्किबासमा शव भेटिएको घटनाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । दुम्किबासमा भेटिएको शव कस्को हो भन्ने सनाखत भई नसकेपनि उक्त शव नवलपरासीको देउराली ६ झ्यालबास निवासी भारतीय मुलका २१ बर्षीय वृजमोहन गुप्ताको रहेको उनका आफन्तले दावी गरेका छन् । मृतकको टाउको अझै नभेटिएका कारण उक्त शव कस्को भन्ने डिएनए परीक्षणबाट मात्रै पत्ता लाग्ने इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । दुम्किबासमा बस्दै आएका गुप्ता बसेकै कोठा पछाडि उनको शव भेटिएको हो । उनको शव धारिलो हतियार प्रहार गरी विभत्स तरिकाले हत्या गरिएर कवाडी अर्थात् फोहोर राख्ने ठाउंमा भेटिएको थियो। वृजमोहनका भाई जगमोहनप्रसाद गुप्ताले शव आफ्नै दाईको भएको दावी गरे । उनले शव भेटिएको निर भेटिएको मृतकको पोशाक, मोबाइलको सिम आदिकोआधारमा शव आफ्नो दाईको भएको दावी गरे ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्