27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

यसरी ढाट्छन सहचालकले यात्रु

- Advertisement -
- Advertisement -spot_imgspot_img
अर्जुन सापकोटा

सार्र्वजनिक सवारी साधनको यात्रा धेरै जसो कठिन नै हुन्छ । छोटो दुरीमा यात्रा गर्नेहरुले त सिटमा बसेर आराम स“ग यात्रा गरौंला भन्ने कल्पना कमैले गर्छन । सबारी साधन चल्ने स्थानबाट चढ्ने यात्रुहरु बाहेक बीचबाट चढ्ने यात्रुहरु उभिएर, कोचिएर अनि उकुस मुकुसको यात्रा गर्नुपर्ने बाध्यता कहिले हट्ने होला यस्तै प्रश्न गरिरहेका थिए  चितवनबाट रुपन्देही जांर्दै गरेको ग ४ ख ७५६९ नम्बरको बसका यात्रुहरुले । चितवनदेखि छुटेको बस कावासोती सम्म आईपुग्दा यात्रुहरु कोचाकोच मै यात्रा गरिरहेका थिए । सिट बाहेक ३५ जना यात्रु भिएरै गन्तब्य सम्म पुग्ने हतारमा थिए । कावासोतीबाट २ जना यात्रुहरुले गाडी रोके अनि भने “भाई सिट छ, सह चालकले जवाफ दियो “एकै छिन उभिनुहोस् चोरमारा पुगेपछि सिट मिलाउछु ।” भाई सिट त मिल्छ नी फेरी ढाट्ने हैन नि म हल्का बिरामी पनि छु उभिन सक्दिन् । सहचालकले जवाफ दियो “चोरमाराको बजारमा १५ जना मानिसहरु झर्ने छन् अनि के तपाईलाई एउटा सिट मिलाउन सक्दीन होला ।” सिट पाउने आसमा २ यात्रुहरु पनि त्यही बसमा खांदिए । बस डण्डा र चोरमाराको बीच जगंलमा हुंईकिर्दै थियो । बीचबाट बसमा चढेका यात्रुहरुले चोरमाराबाट सिट पाउने कल्पना गर्दै बजार नजिकै पुग्नै लाग्दा को को यात्रु झर्छन भन्र्दै सिट तिर निहालि रहेका थिए । चोरमारामा जम्मा २ जना यात्रुमात्र झरे त्यस माथि त्यहांबाट थप २ जना यात्रु चढे । बुटवल सम्म पुग्ने यात्रुले सिट नपाएपछि चोरमारा बजारबाटै अर्को गाडीमा जाने  भन्र्दै केहि यात्रुहरु झर्ने प्रयास गर्दै थिए । यात्रुहरुले सिटको बिषयमा कुरा गर्न, र यात्रु बसबाट झर्न थालेपछि चालकले सबारी साधान हांके । अनि यात्रुहरु झर्न पाएनन् । यात्रुहरु भन्र्दै थिए “नत गाडी बाट झर्न दिन्छ न त सिट नै दिन्छ” गाडीमा उभिएर यात्रा गरि रहेकाहरु आक्रोसित थिए । सिट भन्दा बढी ३५ जना यात्रुहरु गाडीमा राखेर यात्रा गराएपनि प्रहरी कार्यालय दुम्कीबास अगाडी बसेका प्रहरीले देखेनदेखे जस्तो गरे । उक्त बसले चोरमारामा सिट मिलाउछु भनेर चढाएका यात्रुहरुलाई बर्दघाट सम्म पुर्याउदा पनि अभिएरै यात्रा गरि रहेका थिए । तर यात्रुहरुलाई ढाट्र्दै सह चालकले बसमा चढाउन भने छाडेनन् । बस भित्र भरिएर समेत खुट्टा टेक्ने ठांउ नभएपनि बीचबीचमा बसको प्रतिक्षा गरेर बसेका यात्रु देख्ना साथ बस रोकि हाल्थे चालकले । भो गाडी भरी रहेछ म जान्न भनेपनि कसरी हुन्छ यात्रुलाई फकाउने अनि बस भित्र छिराई हाल्ने क्रम निरन्तर जारी रह्यो । सहचालकले यात्रुहरुलाई सिट मिलाई दिन्छु भन्र्दै झुट बोलेर यात्रुहरुलाई बसमा चढाए ।

बीचमा सहचालकले गाडीको भाडा उठाउर्दै थिए एक जना बृद्ध आमाले उभिएकै अबस्थामा भाडा दिईन । सहचालकले भाडा थोरै भएको भन्र्दै थप १० रुपैया“ मागे, ति आमाले भनिन “सकि नसिक यात्रा गर्दै छु अझै पुरै भाडा” सहचालक झोक्किए गाडी चढेपछि पुरौ पैसा तिर्नु पर्दैन ।

ग्ाँडीमा भाडा लिस्ट समेत थिएन, जस्ले गर्दा यात्रुहरुले आफु चढेको सबारी साधनले सही वा गलत भाडा लियो भन्नेमा समेत थांहा पाउन सकेनन् ।  सहचालकले यात्रुलाई ढाटेरै यात्रा गराउछ भने यात्रुहरु पनि सिट पाउने आसामै बस चढ्दा सबारी दुर्घटना बढेका छन् भने सर्बजनिक यातायात ब्यवस्थित बन्न सकेको छैन । सार्बजनिक सबारी साधनको बेतिथी कहिले हट्ने होला । अनि सरोकारवालाहरुको ध्यान यस तर्फ कहिले पुग्ने हो यस्तै प्रश्न गरिरहेका छन् हरेक दिन कष्टकर यात्रा गर्ने यात्रुहरु ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!