27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

आगामी संसदीय निर्वाचन सम्म वर्तमान गठबन्धन कायम रहन्छ । चौधरी ।

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी । जेठ २ । सत्तारुढ नेकपा एमालेका लुम्बिनी अन्चल ईन्चार्ज एवँ सांसद वैजनाथ चौधरीले वर्तमान गठबन्धन आगामी संसदीय चुनाव सम्म कायम रहने दावि गर्नुभएको छ । संविधान कार्यान्वयन, मुलुकको आर्थिक सम्बृद्धिका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकोे पनि उहाँले बताउनुभयो । नवलपरासीको परासीमा आज आईतबार विहान भएको पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रभावशाली नेता चौधरीले यस्तो बताउनुभएको हो । अहिलेको सरकारले बजेट प्रस्तुत गरि पारित मात्रै होईन, कार्यान्वयन पनि गर्ने भएकाले शंका उपशंका नगर्न उहाँले आग्रह पनि गर्नुभयो । आगामी मंसिरमा हुने भनिएको स्थानीय निकायको निर्वाचन संविधान बमोजिमको नभई, संविधान बमोजिमको केन्द्रीय, संघिय र स्थानीय निकायको निर्वाचन नहुन्जेल सम्मको लागि गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । संविघामामा व्यवस्था भएबमोजिमको चुनाव गराउन समय लाग्ने भएकाले अहिलेको खड्कीदोँ जनप्रतिनिधिको अभाव पुर्ति गर्नका लागि चुनाव गर्न लागिएको र त्यो भएरै छाड्ने ठोकुवा गर्नुभयो । वर्तमान सरकारले ल्याएको निति तथा कार्यक्रममा विगतका सरकारको भन्दा धेरै फरक रहेको भन्दै उहाँले लोकप्रिय कार्यक्रमहरु प्रचारका लागि नभई कार्यान्वयनका लागि भएको बताउनुभयो । उहाँले लोकप्रिय कार्यक्रमलाई हासिँ मजाकको रुपमा नलिई कार्यान्वयनमा सहयोग गर्न सवै दलहरुलाई आग्रह पनि गर्नुभयो । सांंसद समेत रहनुभएका नेता चौधरीले आफनो निर्वाचन क्षेत्रको विकासमा आफुँ प्रतिवद्ध रहेको मात्रै होईन, विकास निर्माण पनि तिव्र्र रुपमा अगाढी बढाईरहेको जानकारी दिनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!