27 C
Kathmandu
Monday, June 21, 2021

तीन केजी गाँजासहित नवलपरासीमा एक भारतीय नागरिक पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, १ जेठ ः सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीले शनिवार तीन केजी गाँजा बरामद गरेको छ । सो क्रममा एक जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।
सीमा सुरक्षा कार्यालयका उपरीक्षक प्रेमराज पोखरेलका अनुसार डेढ केजी गाँजासहित बेलासपुरको चेक पोष्टबाट भारत महाराजगञ्ज सिन्धुरिया ग्राम पञ्चायत मिठौराका रामदेव केवट पक्राउ परेका हुन । केवटले उक्त गाँजा नवलपरासीको रामनगर गाविस–९ स्थित भथौडी गाउँको एक झुपडीबाट ल्याएका हुन् । सुराकीको आधारमा पछ्छाउँदै गएको शसस्त्रको टोलीले उक्त झुपडीबाट पुनः डेढ केजी गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए । जिल्लाका विभिन्न स्थानबाट गाँजा लिएर आउने व्यक्तिहरुले उक्त झुपडीलाई कारोबार स्थलको रुपमा प्रयोग गर्दै आएको सशस्त्रले जनाएको छ ।    सार्वजनिक जीपबाट परासीको महेशपुरहुँदै भारत जान लागेका केवटको शरीर खानतलासी गर्नेक्रममा उक्त गाँजा बरामद भएको उपरीक्षक पोखरेलले बताए । केवटले रामग्राम नगरपालिका परासीका भोला भनिने व्यक्तिको सम्पर्कमा रही गाँजा ओसारपसार गर्ने गरेको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार यस अघि पनि उनले तीन पटकसम्म सोही झुपडीमा पुगेर गाँजा लैजाने गरेका थिए । उक्त गाउँको झुपडीबाट हरेक शनिवार गाँजाको ओसारपसार हुने गरेको केवटले बताएका छन् । आफुलाई भारतको महाराजगञ्जस्थित धनेवा गाउँका अक्षयलाल सहानीले प्रति केजी दुईहजार भारतीय रुपैयाँ दिने शर्तमा गाँजा ओसार पसार कार्यमा लगाउँदै आएको केवटले प्रहरीलाई बताएका छन् । केवटका अनुसार मुख्य कारोबारी रहेका अक्षयको दुवै खुट्टा नरहेको र त्यसैको आडमा उनले नेपालबाट गाँजा मगाएर भारतका विभिन्न स्थानमा पु¥याउने गरेका छन् ।   पक्राउ परेका केवटलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाईने सशस्त्र प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्