27 C
Kathmandu
Monday, June 21, 2021

नो बलको झगडामा स्टम्पले हानेर एक बलरको हत्या

- Advertisement -
- Advertisement -spot_imgspot_img

३१ बैशाख(एजेन्सी) : बंगलादेशमा एक किशोर क्रिकेटरको एक ब्याटस्म्यानले स्टम्पले पिटेर हत्या गरेका छन् । १६ वर्षीय बाबुल शीकदार ढाकामा आफ्ना साथीहरूसँग क्रिकेट खेलिरहेका थिए, सोही समयमा उनको हत्या भएको हो । स्थानीय प्रहरीका अनुसार अम्पायरले नो बल दिएर ब्याटस्म्यानको पक्षमा फैसला लिएका थिए । यस्तै, अम्पायरले त्योभन्दा अगाडि बलमा पनि नो बल नै दिएका थिए । यसकारण शिकदारले अम्पायरसँग झगडा गरे । यसबाट ब्याटस्म्यानहरू रिसाए र तीमध्ये एकले स्टम्प निकालेर शिकदारको टाउको पछाडि प्रहार गरे । शिकदार मैदानमा नै लडे र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भयो । प्रहरीले ती ब्याटस्म्यानको खोजी गरिरहेको छ । ती ब्याटस्म्यान उक्त घटनापछि नै फरार रहेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्