24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गर्दै फाष्ट ट्रयाकबारे यसो भने

- Advertisement -Flowers in Chania

कांग्रेस सभापति शेर बहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा फाष्ट ट्रयाकबारे बोलेको विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै तराई–काठमाडौं फाष्ट ट्रयाकको विषयमा बोलेको कुरालाई केही सञ्चारमाध्यमले अर्कै अर्थ लाग्नेगरी सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै सरकार आफैंले फाष्ट ट्रयाक निर्माणको जिम्मा लिने बिषयमा दिएको अभिव्यक्ति बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित भएपछि नेपाली कांग्रेसले सो विषयमा ध्यानाकर्षण भएको जनाएको हो । बीरगञ्जदेखि काठमाडौंसम्मको कूल ७१ किलोमिटर द्रूतमार्गको जिम्मा सरकारले यसअघि नै ग्लोवल टेन्टर पछि विदेशी कम्पनीलाई दिने निर्णय गरिसकेको छ।

त्यसक्रममा सर्वोच्च अदालतमा परेको मुद्धा समेत विचाराधिन छ। तर, अहिले आएर सरकार आफैंले उक्त सडकखण्डको काम अघि बढाउने निर्णय गर्दा निर्माणको ठेक्का पाएको कम्पनीले सो विरूद्ध मुद्दा दर्ता गराएको खण्डमा नेपालले काम नै सुरू नहुँदै क्षतिपूर्तिको झण्झट बेहोर्नु पर्ने तर्क कांग्रेसले गरेको छ। तर, सभापति देउवाले संसद बोलेको कुरामा अर्कै अर्थलाग्ने गरी नियोजित रूपमा समाचार प्रकाशित गरेको भन्दै बुधबार देउवाले विज्ञप्ती निकालेर सो कुराको खण्डन गरेका हुन्।

झण्डै आठ घण्टाको समय लाग्ने बाटो एकै घण्टामा आउन सक्नेगरी बन्न लागेको फाष्ट ट्रयाकको कूल लगानी एक खर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ। यो विषयमा यस भन्दा अघिल्लो सरकारले ग्लोबल टेण्डर आह्वान गरेर सबैभन्दा सस्तो दरमा एक भारतीय कम्पनीलाई निर्माणको जिम्मेवारी दिएको थियो।

तर, अहिलेको सरकारले यसरी ग्लोबल टेण्डर आह्वान गरेर छनोट भएको कम्पनीलाई बेवास्ता गर्ने हो भने अन्तराष्ट्रिय लगानी नै निरूत्साहित हुने देउवाको बुझाई छ। त्यसैले आफूले सर्वोच्चमा मुद्धा परेको विषयमा निर्णय गर्दा ध्यान दिन सुझाव मात्रै दिएको भएपनि केहि सञ्चार माध्यमले यसलाई अनावश्यक ढङ्गले बाहिर ल्याएको आरोप उनको छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्