27 C
Kathmandu
Monday, June 21, 2021

बेलायतमा पहिलो पटक नेपाली मेयर

- Advertisement -
- Advertisement -spot_imgspot_img

लण्डन, ३० बैशाख : बेलायतमा एक नेपाली मेयर बन्न सफल भएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार भएको निर्वाचनबाट बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका शंकर गैरे मेयर बन्न सफल भएका हुन् । उनी गुल्मी रूपाकोटका हुन् ।

गैरे बेलायतको इतिहासमा मेयर बन्ने नेपाली मूलका पहिलो बेलायती हुन् ।

उनी सोही काउन्सिलको उपमेयर समेत हुन् ।

सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे विगत १३ बर्षदेखि स्वान्ली क्षेत्रमा बसोबास गरिरहेका छन् । उनी सत्तारुढ कन्भरभेटिभ पार्टीका तर्फबाट यसअघि सोही काउन्सिलमा काउन्सिलर र उपमेयर निर्वाचिन भइ काम गरिसकेका छन् ।

स्वान्लीको इतिहासमै कम उमेरमा मेयर बनेका काउन्सिलर जोन बार्नेस्ले गैरेलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए । उनले यो जित जन्मभूमी र समस्त नेपालीको भएको उल्लेख गरेका छन् । उनले शतप्रतिशत अंग्रेजहरूको बसोबास रहेको क्षेत्रबाट मेयर बन्न पाउँदा निकै खुसी भएको प्रतिक्रिया समेत दिएका छन् ।

उनी श्रीमती मेयरेस काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् ।

गैरे बेलायत उत्रिए लगत्तै नेपाली समुदायसँग निकट रहेर सामाजिक काममा सक्रिय भएर लागेका थिए । गैरेले बुटवल बहुमुखी क्याम्पसबाट शिक्षा शंकायमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् । उनी साहित्य परिषद् बेलायतको ३ कार्यकाल सहअध्यक्ष रहिसकेका छन् भने आधादर्जन भन्दा धेरै सामाजिक संघसस्थामा आवद्ध छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्