27 C
Kathmandu
Monday, June 21, 2021

नवलपरासीको अमलटारी होमस्टे देशैकै उत्कृष्ट, २०७२ को उत्कृष्ट होम स्टे घोषणा (भिडीयो सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

http://https://www.youtube.com/watch?v=YbzmdR61RXI

ज्ञानु पंगेनी,

नवलपरासी, वैशाख २९– नवलपरासीको पर्यटकीय नगरी कावासोतीमा सञ्चालित अमलटारी घरवास (होमस्टे) नेपालको उत्कृष्ट भएको छ । नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय अन्तरगत रहेर पर्यटन पूर्वाधार विकासको काम गर्दै आईरहेको तारा गाउँ विकास समितीले अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट घोषणा गरेको हो । वैशाख २५ र २६ गते बर्दियामा भएको होम स्टे एसोसियनको तेश्रो कार्याशाला गोष्ठिको अवसर पारेर एक लाख १ हजार नगद र सम्मानपत्रसहित वर्ष २०७२ को उत्कृष्ट होम स्टे घोषणा गर्दै सम्मान गरेको हो ।डब्लुडब्लुएफ, तराई भू परिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दिगो गाउँ’ (हाम्रो दिगो गाउँ) कार्यक्रम अन्तरगत यो गाउँमा होम स्टे शुरु गरिएको थियो । पूर्व पश्चिम राजमार्गको कावासोतीको डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने बाघखोर गाउँमा थारु, मुसहर बोटेलगायत गरि २२ वटा घरमा होम स्टे संचालन छ । चिर्चर, माछा, घोगी, अचार, हासबाट बनाइने थारु परिकारले यहाँ पाहुनालाई स्वागत गरिन्छ । २०७० जेठ ५ गते होम स्टे शुरु गरेपछि जिल्लाकै विभिन्न संघ संस्था र कार्यालयबाट कार्यक्रम गर्न र बास बस्न उल्लेख्य रुपमा मानिसहरु आउने गरेका अमलटारी मध्यवर्ती होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए । अझ अमलटारीलाई गत वर्ष सरकारले गाउ गन्तव्य २०७२ समेत घोषित गरेपछि यहाँ राष्ट्रिय स्तरका कार्यक्रम महिनै जसो हुने गरेका छन । भने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । संचालनमा आएदेखि अहिलेसम्म २९ हजार ६ सय पर्यटक यहा आएको व्यवस्थापक धनिराम महतोले जानकारी दिए । त्यसमा २५ सय जना विदेशी पर्यटक आएका छन भने २७ हजार १ सय जना स्वदेशी पर्यटक आएका छन् । हरेक दिन बेलुकी पाहुनाको स्वागत र मनोरञ्जनकालागी थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच प्रस्तुत गरिन्छ । थारु र बोटे पहिरनमा सजिएका युवायुवतीले राती ८ बजेदेखि २ घण्टासम्म सास्कृतिक कार्यक्रम पस्किन्छन ।  बिहान जंगल सफारी, हात्ती र गाडा सफारी नारायणी नदिमा डुङ्गा सफारी , फिसिङ्ग गरिन्छ । मध्यवर्ती्भित्र आउने गैंडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले पर्यटकलाई लोभ्याउछ । होम स्टे भएका घरहरुमा २ वटा कोठा छन् जसमा ४ जना पाहुना मात्रै बस्न मिल्छ । अट्याच बाथरुमसहित २४ सै घण्टा पानीको व्यवस्था छ । बिजुली बत्ती नभएको बेला उज्यालोकोलागी सोलारको व्यवस्था पनि गरिएको छ  । एउटा कोठामा एकरातको एकजनाको ५ सय दुइजना भए शुल्क ६ सय रुपैयाँ तोकिएको छ । मासु खानाको २ सय ५० र सादा खानाको १ सय ३० रुपैयाँ छ । बिहान नास्ताको १ सय रुपैयँ लाग्छ ।
विदेशीले भने कोठाको ८ सय, सादा खानाको ३ सय ५० र मासुसहित ४ सय रुपैयाँ तिर्नुपर्छ ।

विदेशमा भन्दा राम्रो कमाई

होम स्टे संचालनमा आएपछि यहाका स्थानीयहरुको जिवन स्तरमा समेत सुधार आएको छ । खास गरि विदेश पुगेका युवाहरु समेत घर फर्केर होम स्टे संचालन गरि राम्रो आम्दानी गर्न सफल भएका छन । मलेसिया गएर फर्की घरपरिवारमा नै बसी होम स्टे संचालन गरेपछि राम्रो आम्दानी हुन थालेको र अब विदेश जाने सोच नरहेको हस्त वहादुर थारु बताउछन । बाहिर काम गर्दा महिनाको ८ हजार मात्रै बचत हुने गरेको तर, अहिले होम स्टे संचालन पछि महिनाको २० हजारसम्म आम्दानी गर्न सफल भएको उनले बताए । यस्तै शिक्षक पेशामा समेत आबद्ध रहेका डोलराम थारु ऋाफ्नो पेशाबाट पढाई खर्च पनि नचलेपछि दुवै पुगेका थिए । तर, होम स्टे संचालन गर्नकालागी गाउले दाजुभाईले बोलाएपछि दुवैबाट फर्की अहिले घरै होम स्टे संचालन गरेर राम्रो आम्दानी गर्न सफल भएको बताए । घरपरिवार र आन्त्रिक तथा बाह्य पर्यटकसंग रमाउदै बस्न पाउँदा निकै आनन्दित छन् उनी ।  यस्तै लामो समय विदेशमा पसिना बगाएका डम्बरबादुर थारु पनि गाउँमै होम स्टे संचालन गरेर राम्रो आमदानी गर्न सफल भएका बताउछन । घरखर्च चलाउनकालागी भन्दै विदेशमा रगत पसिना बगाउन पुगेका युवाहरु अहिले फर्किएर परिवारसंगै रमाउदै होम स्टे सचालन गरि राम्रो आम्दानी संगै गाउको विकास निर्माण, थारु, बोटे संस्कृतिको संरक्षणका साथै मध्यवर्ती क्षेत्रको सुरक्षा र संरक्षणमा समेत जुटेका छन ।

महिलाहरुको व्यक्तीत्व अनि नेतृत्व विकास

महिलाहरुको पनि होम स्टे संचालन भएबाट राम्रो आम्दानीसंगै व्यक्तीत्व अनि नेतृत्व विकास भएको छ भने आत्मनिर्भर समेत बनेका छन् । केहि वर्षअघिसम्म घरभित्रैको काम गरेर बाहिरका मानिसहरुसँग हास्न बोल्न लाज मान्ने महिलाहरु अहिले विदेशी पाहुनासंग आवश्य पर्ने अङग्रेजी पनी बोल्ने भएका छन । महिलाहरुकालागी समितीले विभिन्न संघसंस्थाको सहयोगमा अङग्रजी भाषा तालिम दिदै आएको छ जसले गर्दा निरक्षर महिलाहरुरहेकाले समेत अहिले विदेशी पाहुनासंग आधारभुत अङग्रेजी बोल्न थालेका छन् । होम स्टे नम्बर ११ कि संचालिका हिराकुमारी महातोले होम स्टेले आफु र आफनो आर्थिक अवस्थामा धेरै परिवर्तन ल्याएको बताईन् । ‘नारायणी नदिमा माछा मारेर जनतन जिवन निर्वाह गर्दै आएका थियौ अहिले महिनामा १५ देखि २० हजारसम्म आम्दानी हुन्छ, छोराछोरी पढाउन घरखर्च चलाउन निकै सजिलो भएको छ ।” महतोले भनिन् । उनले भनिन “पहिला पहिला त बाहिरको मान्छसंग बोल्न पनी डर लाग्थ्यो अहिले त विदेशी पाहुनासंग पनी अङग्रजी बोल्छु, विभिन्न तालिम लिन्छु, कार्यक्रमहरुमा जान्छु नडराई बोल्छु ।”

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्