27 C
Kathmandu
Monday, June 21, 2021

धन प्राप्तिका लागि आजको दिन के राख्ने घरमा ? ११ वस्तु

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २७, बैशाख महिनाको शूक्ल पक्षको तृतीया तिथी अर्थात् अक्षय तृतीयाको पर्व मनाइन्छ । यसलाई सौभाग्यको दिन समेत भन्ने गरिन्छ ।

धार्मिक मान्यता अनुसार आजको दिनमा देवी लक्ष्मीलाई प्रसन्न गर्ने उपाय गर्नाले शूभ फल प्राप्त हुन सक्छ । ज्योतिष एवं तन्त्र शास्त्रमा केही यस्ता वसतुहरूको बारेमा बताइएको छ की जसलाई घरमा राख्नाले माता लक्ष्मी प्रसन्न हुन्छिन् र ती वस्तुहरूले धनलाई आफ्नो तर्फ आकर्षित गर्छन् । यस्ता वस्तु घरमा राख्नाले धन र सुख प्राप्त हुने बताइन्छ ।

यस्ता वस्तुहरू के-के हुन् जसलाई घरमा राख्नाले धन प्राप्ति हुने गर्छ, थाहा पाएराखौँ :
– चाँदीको लक्ष्मी-गणेशको मूर्ती : अक्षय तृतीयाको दिन पूजा गरेर चाँदीबाट बनेको लक्ष्मी-गणेशको मूर्ती घरको पूजा गर्ने स्थानमा राखेर दैनिक पूजा गर्नाले घरमा कहिल्यै पनि धनको कमी हुँदैन र सुख-शान्ति रहिरहने गर्छ ।

– श्रीयन्त्र : यंत्र शास्त्रमा श्रीयंन्त्रको विशेष स्थान छ । यसलाई यन्त्रराज पनि भन्ने गरिन्छ । आखा तीजमा यसलाई घरको पूजा कक्षमा राख्नु पर्छ ।

– नरिबल : आखा तीजको दिनमा पूरा गरेर रातो कपडामा बाँधेर पैसा, द्रव्य राख्ने स्थानमा राख्नुपर्छ । यो उपाय गर्नाले लक्ष्मी प्रसन्न हुन्छिन् भन्ने मान्यता छ ।

– कमल गट्टा : यो कमलबाट निस्किने बिऊ हो । अक्षय तृतीयाको दिनमा घरको पूजास्थलमा राख्नाले लक्ष्मी प्रसन्न हुन्छिन् ।

– कुबेरको मूर्ती : आखा तीजमा कुबेरको मूर्ती घरको उत्तर दिशामा राख्ने ।

– लक्ष्मीको पद चिन्ह : अक्षय तृतीयामा लक्ष्मीको चाँदीबाट बनेको चरणको चिन्ह भएको भाँडो या अन्य केही पूजा कक्षमा राख्नु पर्छ ।

– कौडा : यसलाई समुन्द्रबाट निकाल्ने गरिन्छ । यसमा धनलाई आकर्षित गर्ने गुण हुन्छ । अक्षय तृतीयामा यसलाई पैसा, द्रव्य राख्ने स्थानमा राख्नु राम्रो मानिन्छ ।

– मोती शंख : मोती शंख घरमा राख्नाले धन-सम्पत्ति बढ्न थाल्छ । अक्षय तृतीयामा पूजा गरेपछि यसलाई आफ्नो पैसा, द्रव्य राख्ने स्थानमा राख्नु पर्छ ।

– एकाक्षी नरिबल : यो नरिबलमा आँखा जस्तै एक चिन्ह हुन्छ, जहाँबाट हामीले पानी निकालेर खाने गर्छौँ । आखा तीजमा यस्तो चिन्ह भएको नरोबललाई पूजा कक्षमा राख्नुपर्छ ।

– दक्षिणवर्ती शंख : अक्षय तृतीयाको दिनमा पूजा गरेर दक्षिणवर्ती शंखलाई पूजा कक्ष या पैसा, द्रव्य राख्ने स्थानमा राख्नाले भगवान् लक्ष्मी प्रसन्न हुन्छिन् ।

– पारोको मूर्ती : पारोको लक्ष्मीको मूर्ती बनाएर यसलाई घरको पूजा कक्षमा राख्ने र दैनिक यसको पूजा गर्ने गर्नुपर्छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्