27 C
Kathmandu
Monday, June 21, 2021

श्रीमातीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि …

- Advertisement -
- Advertisement -spot_imgspot_img

२७ वैशाख, काठमाडौं । एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् । इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको आजको नयाँ पत्रिकामा समाचार छ । चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए ।  चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ । पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमान्लाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् । गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्