27 C
Kathmandu
Monday, June 21, 2021

मंसिरमा स्थानीय निकायको चुनाव , सरकारको नीति तथा कार्यक्रममा रहेका विशेष कार्यक्रमहरू

- Advertisement -
- Advertisement -spot_imgspot_img

२६ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

व्यवस्थापिका संसद नयाँ बानेश्वरमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्थानीय निकायको निर्वाचन आगामी मंसिरभित्र गरिने बताएकी छन् । राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रममा रहेका विशेष कार्यक्रमहरू :

– संविधानसंग मेल नखाने १९३ वटा कानूनहरु यसै सम्मानित सदनबाट संशोधन भइसकेका छन् र थप १३८ कानूनहरुको निर्माण यसै सालमा गरिनेछ ।

– नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले स्वतन्त्रतापूर्वक निर्माण गरेको संविधानले राष्ट्रिय स्वाधीनता र स्वाभिमान, लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नयाँ युग शुरु गरेको छ ।

– लोकतन्त्रका मूल्य–मान्यतामा आधारित समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण गर्ने ध्येय सहितको चौधौं त्रिवर्षीय योजना सरकारले तयार गरी आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने छ ।

– आधारभूत औषधि तथा स्वास्थ्योपचारका उपकरणहरुको उत्पादन बढाई औषधि उपचारमा आत्मनिर्भर हुने र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारको प्रयास रहने छ ।

– आगामी १५ वर्षभित्र मध्यम आय भएका मुलुकहरुको वर्गमा पुग्नेगरी काम गरिनेछ ।

– आगामी तीन बर्ष भित्र सबै विद्यालयहरु, अधिकांश अस्पताल र स्वास्थ्य चौकीहरुको पुनर्निर्माण गर्नेगरी काम तीब्र पारिने छ ।

– किसानहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सहयोग गरिनेछ ।

– सामूहिक र सहकारी कृषि प्रणालीको विकास गरिनेछ ।

– युवाहरुलाई कृषिमा आकर्षित गर्दै वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समेत यसमा आबद्ध गरिने छ ।

– कृषिक्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्दै यसलाई मर्यादित, सम्मानित एवं आकर्षक पेसाको रुपमा विकास गरिने छ ।

‍- वैज्ञानिक भूमिसुधार कार्यान्वयन गर्दै एकपटक सबैको लागि भूमिमा पहुँच सुनिश्चित गरी सधैंका लागि सुकुम्बासी समस्या समाधान गर्नेतर्फ सरकारले कार्य गर्नेछ ।

– प्रत्येक प्रदेशमा एक ठूलो आद्योगिक क्षेत्र निर्माण कार्य यसैवर्षबाट सुरु गरिनेछ । र तीन वर्षमा सम्पन्न गरिनेछ ।

– एक घर एक रोजगारीको व्यवस्था गरिनेछ । यसका लागि आवश्यक कानुनी व्यवस्था गरिनेछ ।

– १ वर्षभित्र आधारभूत र २ वर्षभित्र पूर्ण रूपमा लोडसेडिङ मुक्त गराउने गरी काम गरिनेछ । निर्माणाधिन योजनाहरूलाई सकेसम्म चाँडो सम्पन्न गर्ने काम तिव्र रूपमा अगाडि बढाइनेछ । राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ कार्यान्वयन गर्दै वि. सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ ।

– प्राकृतिकरुपमा संभव भएका सबै प्रदेशमा कम्तीमा एक–एक जलासययुक्त विद्युत आयोजना निर्माण गर्नेगरी विस्तृत अध्ययन सुरु गरिने छ ।

– तराई तथा भित्री मधेसका २२ वटा जिल्लाहरुमा समृद्ध तराई–मधेस सिंचाइ विकास विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

– वातावरण मैत्री पूर्वाधार निर्माणमा जोड दिइनेछ ।

– २ वर्षभित्र सम्पूर्ण जनतामा खानेपानीको पहुँच पुर्‍याउन र सरसफाईका लागि कार्यक्रम सञ्चालन गरिनेछ । जनताको खानेपानी कार्यक्रम सञ्चालन गरिनेछ । खानेपानीको गुणस्तर बढाउने कार्यक्रम अघि बढाइने छ ।

– काठमाडौं उपत्यकामा पानीको आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाको सुरुङ तथा पानी प्रसोधनकेन्द्र निर्माणको अधिकाङ्श कार्यसहित पानी वितरणमा आवश्यक संरचनाहरुको निर्माण–कार्यसम्पन्न गरिने छ ।

– प्रदेशहरू जोड्नका लागि सडक निर्माण गरिनेछ । यो सडक कम्तिमा दुई लेनको हुनेछ । हुलाकी राजमार्गअन्तरगतका सडक खण्डहरूमा सडकको सिघ्र निर्माणका लागि काम अगाडि बढाइने छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्