27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

कांग्रेस रामनगर सभापतिमा पाण्डे निर्वाचित

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेस रामनगर गाँउ कार्य समितिको वडा अधिवेशन बाट वडा न १ को सभापतिमा टुनाखर पाण्डे निर्वाचित हुनुभएको छ ।नेपाली कांग्रेस रामनगर गाँउ कार्यसमितिको आयोजनामा शनिवार गरिएको वडा अधिवेशन अन्तर्गत वडा न १ बाट ११ सदस्सिय कार्य समिती गठन गरिएको हो । गठित समितिको उपसभापतिमा राजेन्द्र थापा, सचिवमा कुश्माखर चाँपागाई, सहसचिवमा अर्जुन कुमार भट्टराई, कोषाध्यक्षमा यमुना देवी पाण्डे सहित सल्लाहकारहरुमा नारायण भट्टराई, रामप्रसाद वस्याल, ऋषिराम भट्टराई, चन्द्र प्रसाद भण्डारी र रेवती न्यौपाने चयन हुनुभएको छ । नेपाली कांग्रेस रामनगर गाँउ कार्य समितिले पार्टिलाई अझ संगठित गर्नको निमित्त गत वैशाख २० गते देखी २८ गतेसम्म वडा अधिवेशन गरिरहेको छ । रामनगर गा वि स को केन्द्रविन्दु १ न वडा भएकै कारणले आज भएको  अधिवेशनबाट निर्वाचित नेतृत्वको भूमिका तथा जिम्मेवारिलाई भने सबैले महत्वपुर्ण मानेका छन । नेपाली कांग्रेस रामनगर गाँउ कार्य समिती सभापती रामबहादुर छेत्रीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा नेपाली कांग्रेस जिल्ला सदस्य देवेन्द्रराज भण्डारी, महाधिवेशन प्रतिनिधी टङ्क प्रसाद न्यौपाने, ने का रामनगर गाँउ कार्यसमिती संगठन विभाग प्रमुख यमलाल पाण्डे लगायता ने का भातृसंगठन का प्रतिनिधिहरुले नयाँ गठित  वडा कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!