27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको दुम्किबासमा टाउको नै छिनालेर हत्या गरीएको अवस्थामा शव फेला

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, २५ बैशाख । नवलपरासीको दुम्किबास–१ मा आज बिहान एक पुरुषको बेवारीसे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नयां बेलहानीका प्रहरी निरीक्ष्ँक युवराज तिमिल्सिनाले दिएको जानकारी अनुसार दुम्किबास–१ दाउन्ने देवी पेट्रोल पम्प नजिकै रहेको कल्भर्ट मुनि अन्दाजी ३५ बर्षको पुरुषको वेवारीसे शव फेला परेको हो । शवको टाउको नभएको र शरीरपनि सडिसकेको अवस्थामा रहेको उनले बताए । शव गलेको अवस्थाको भएकाले पोष्टमार्टम गर्ने अवस्थाको नभएकोले मुचुल्का उठाएर शव गाडिने समेत उनले बताए ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा शुक्रबार साझ एक जना पुरुषको वेवारिशे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दजी ४० वर्षको जस्तो देखिने परुुषको शव नारायणी नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेतो सेन्डो र कालो पाईनट लगाएको अवस्थामा भेटिएको शव सडि सकेकोले शवलाई नारायणी किनारमा खाल्डो खनेर गाडिएको प्रहरीले जनाएको छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!