27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

काग्रेस चित्रवन ५ को बुथ कार्यालय

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २५ ।
नेपाली काग्रेस चित्रवन नगरपालिका ५ को शनिवार  कार्यालय स्थापना गरिएको छ ।  चित्रवन नगरपालिकाको शारदानगर हेल्थपोष्टमा बुथ समितिको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति  टेक प्रसाद गुरुङले एक समारोहका बिच कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभापति गुरुङले अन्य पार्टीले संविधान कार्याद्यनयन गर्न नचाहेको भन्दै काग्रेसले नै संविधानको कार्यान्वयन गर्ने बताउनुभयो । प्रजातान्त्रिक आन्दोलनमा काँग्रेसको ब्यवस्थाले विजय प्राप्त गरेको भन्दै गुरुङले एक भएर चुनौती पार गर्नुपर्नेभएकोले यो बेलामा नआत्तिन आग्रह समेत गर्नुभयो ।   विशेष अतिथि काग्रेस नेता चन्द्र ध्वज गुरुङले विपिको कुरा गरेर मात्र पार्टी नबन्ने धारणा राख्नुभयो । पार्टी भित्रको कार्यक्रमको समिक्षा गर्नुपर्ने सुझाव दिनुभयो ।  कार्यक्रममा नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशीले काग्रेस चितवन केन्द्रमुखी नभएर गाँउमुखी हुने बताउनुभयो । सांगठानिक विकासलाई कार्यकर्ता माझ प्रशिक्षित बनाएर लैजाने योजना रहेको जानकारी गराउदै अब केन्द्रको कार्यक्रम मात्र कुरेर नबस्ने उहाको भनाई थियो । त्यस्तै अर्का सचिव राजिब न्यौपानेले संविधानको कार्यान्वयन र स्थायित्व काग्रेसको चिन्ता र चुनौतीको विषय भएको बताउनुभयो ।
बुथ सभापति मनिलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा क्षेत्र नम्बर चारका सभापति सरिता केसी , नेपाली काग्रेसका नेता विष्णु ढकाल , नगरसभापति शालिकराम पौडेल , नगर सचिव सुर्यकला अधिकारी ,प्याब्सन चितवनका अध्यक्ष बेल बहादुर गुरुङ ,पूर्व क्षेत्रिय सभापति बलराम पौडेल ,  सचिव गोपाल दराई , बुथ उपाध्यक्ष यम बहादुर थापा , सचिव डा बेनि बहादुर केसी , शेषकान्त अधिकारी लगाएत बोलेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!