27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको तम्सरियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, वैशाख २५–

नवलपरासीको तम्सरियामा गयराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार मध्यविन्दु नगरपालिकाको वडा नं ७ स्थित चोरमाराको जंगलमा रोकि राखेको ना १ ख २०४६ नं को ट्रकमा पश्चिमबाट पूर्व जाँदै गरेको एम.एच ४८ एस ४२९३ नम्बरको भारतिय कार ठोक्किन पुग्दा कारमा सवार ३ जना घाईते भएका थिए । घाईते मध्ये भारतको महाराष्ट्र बस्ने अन्दाजी ३५ वर्षका अभैचन यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।गम्भिर घाईते भएका भारत युपी महाराजगञ्ज बस्ने वर्ष ४० का दिलिप सोनीलाई आसयिुमा राखी उपचार भइरहेको छ भने अन्य २ जना सोही स्थान बस्ने वर्ष ३९ का जितेन्द्र पाल सिंह र मुम्वइ वस्ने वर्ष ३४ का योगेश भट्टको सामान्य उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको शव पोष्टमार्टमका लागि भरतपुर अस्पाताल चितवनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!