27 C
Kathmandu
Monday, June 21, 2021

कर्मचारी नहुँदा सेवाग्रही फर्कदैं

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
परासी,२५ बैशाख ः  कर्मचारी अभावका कारण नेपाल टेलिकम दुर सञ्चार कार्यालय परासीका सेवाग्रहीहरु मर्कामा परेका छ न् । जसका कारणइन्टरनेट जडानदेखि महशुल बुझाउने र नयाँ सिमकार्ड तथा हराएका सिमकार्डलगायतका काम लिएर जाने सेवाग्रहीहरु मर्कामा परेका हुन । कर्मचारी नभएको भन्दै फर्कादिन थालेपछि सेवाग्रहीहरु नेपाल टेलिकमप्रति आक्रोश बनेका छन् ।
कार्यालयमा हाल प्राविधिकसहित पाँच जना कर्मचारी छन् । जसमा एकजना कार्यालय प्रमुख छन् भने अर्की एक जना कर्मचारीले टेलिफोनको महशुल र अन्य प्रशासनिक काम गर्दै आएकी छन् । एडिएसएल नेट जडानका लागि तीन साताअघि देखि कार्यालयमा आएपनि कर्मचारी नभएको भन्दै फर्काइदिएकाले समस्यामा परेको रामग्राम नगरपालिका–३ का दिलबहादुर प्रधानले बताए । उनले इन्टरनेट जडान गर्ने फाराम देखाएर आक्रोश पोख्दै भने, कर्मचारी नभए व्यवस्था गर्नुप¥यो कति दिनसम्म हामी फर्केर जाने ?’
‘ म एक जनाले मात्र कति काम गर्न सक्छु र ? कार्यालयकी खरिदार रिचा रामदामले भनिन्, ‘कर्मचारी नहुँदा एडिएसएल जडान र त्यसको महशुललगायत अन्य काम गर्न सकिएको छैन ’ आफुले कागजपत्र दर्तादेखि पत्रचारसम्मको काम गर्नु परेको बताईन । नेपाल टेलिकममा स्वच्छिक अवकाश लिएपछि कर्मचारी अभाव भएको हो । सुनवल नगरपालिकादेखि परासी बजार र दक्षिणभेगका सबै गाविस परासी टेलिकमको सेवा क्षेत्रमा छन् । जसमा १८ सय ग्राहक टेलिफोनका मात्र रहेको टेलिकमले जनाएको छ ।
कार्यालयमा कम्तिमा १० जना कर्मचारी आवश्यक भएको कार्यालय प्रमुख प्रभुराम मौर्यले बताए । उनले कार्यालयमा दैनिकजसो २ सयदेखि ३ सयजना सेवाग्रहीहरु आउने गरेको बताए ।  कर्मचारी पठाउन क्षेत्रदेखि केन्द्रसम्म जानकारी गराए पनि व्यवस्था हुन नसक्दा सेवाग्रहीहरुको आक्रोशले काम गर्न समस्या भएको उनले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्