27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

दोस्रो विश्व युद्धको विर योद्धा नवलपरासीमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

दोस्रो विश्व युद्धको विर योद्धा नवलपरासीमा भेटिएका छन् । उनले एक सय ९ वर्षको उमेरमा नेपाली नागरिकताको प्रतिलिपि समेत प्राप्त गरेका छन् । नवलपरासीको नर्सही गाविस वडा नं. ४ निवासी दोस्रो विश्व युद्धका जिवित योद्धा चन्द्रसिंह गुरुङले आज जिल्ला प्रसासन कार्यालय नवलपरासीबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नुभएको हो ।

एक सय ९ वर्ष पुगेपनि त्यतिबेला नागरिकता बनाउदा उमेर घटाएकाले नागरिकतामा भने एक सय २ वर्ष कायम गरिएको छ । उहाँलाई आज नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नागरिकता प्रदान गर्नुभएको हो । विश्व युद्धमा ईराक सम्म पुगेका चन्द्रसिंह गुरुङले आफुँलाई स्यारसुसार गर्ने बुहारीलाई अंश दिन तथा अन्य कामका लागि नागरिकता लिनुपरेको बताउनुभयो ।

एक सताब्दी बाच्नु भनेको चानचुने कुरा होईन, सरदर नेपालीको आयु ६०÷७० वर्ष हुन्छ । विश्व युद्धमा मृत्युलाई जितेका गुरुङले एक सताब्दी बाँच्न पाउनु भगवानको दया भएको प्रतिक्रिया दिनुभयो । यो उमेरमा पनि उहाँको जोश र तागत देखेर प्रसासनमा भेला भएका मानिसहरु अचम्मीत भएका थिए ।

गुरुङ विश्व युद्ध लड्दा ईराक सम्म जानुभएको थियो । उहाँ सँग व्रिटीस आर्मि, भारतीय प्रहरी, रेलवे सेवामा काम गरेको अनुभव छ ।

आफुँले धेरै योगदान दिएर नेपाललाई चिनाउन सफल भएपनि  राज्यले भने सम्मान दिन नसकेको उहाँको गुनासो थियो । नेपाल सरकार केन्द्रीय स्तरबाट मात्र होईन, गाविस, जिविस लगायतका स्थानीय सरकारबाट पनि आफुँ जस्ता जेष्ठ नागरिकले सम्मान पाउन नसक्नु विडम्बना भएको उहाँको गुनासो थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!