27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासीका पत्रकार भट्टराई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानीबाट नेपाल टेलिभिजनका नवलपरासी सम्वादाता पत्रकार लालकुमार भट्टराई सहित ११ जनालाई प्रेस स्वतन्त्रता सेनानीको सम्मान गर्ने भएको छ । उनीहरुलाई चितवनमा बैशाख २१ गतेहुने साधारण सभामा सम्मान गरिने  पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए । नवलपरासीबाट सम्मानीत हुन लागेका पत्रकार लाल कुमार भट्टराई प्रेस चौतारी
नेपाल जिल्ला शाखा नवलपरासीका संस्थापक सदस्य समेत रहेका छन भट्टराईले हाल सम्म त्तकालिन २०५९ मा श्री ५ को सरकारबाट जनोमोत्सवको अवसरमा प्रदान गरीने दैविक प्रकोप पिडित्वद्धार पदक बाट विभुषित समेत भएका थिए भने  जिल्ला विकास समितीद्धारा प्रदान गरीने पत्रकार विकास पुरस्कार , प्रेस चौतारी जिल्ला शाखा नवलपरासीबाट प्रदान गरीने सृजनशिल पत्रकारीता पुरस्कार , सामथ्र्य बर्ष उत्कृष्ट पत्रकार पुरस्कार र कालिका एफ एमबाट समेत सम्मनीत भै सक्नु भएको छ । महासधले प्रेस स्वतन्त्र दिवसमा प्रदान गर्न लागीएको प्रेस स्वतन्त्रता सेनानीबाट शिवबहादुर कार्की, याम प्रधान दिनेश देव धन लामा , चक्रपाणि नेपाल, चेतबहादुर सिंह, बब्रिविनोद प्रतिक, नारायण भट्टराई झपेन्द्र वैद्य र चिरञ्जीवी अर्याल लाई प्रदान गर्ने निर्णय भएको छ । सबै पत्रकारहरुलाई मे ३ अर्थात् २०७३ वैशाख २१ गते चितवनमा हुने पत्रकार महासंघको केन्द्रीय साधारणसभामा पुरस्कृत र सम्मानित गरिनेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!