27 C
Kathmandu
Monday, June 21, 2021

बरुवा खोलामा पुल बन्ने भएपछि स्थानीय हर्सित

- Advertisement -
- Advertisement -spot_imgspot_img

वैशाख १९ पप्पु रेग्मी ।  दाउन्नेदेवी गाविसको  बरुवा खोलामा पुल बन्ने भएपछि स्थानीय हर्सित भएका छन् । दाउन्ने देवी गाविसको वडा नं ७ र रुपौलया गाविसको वडा नं ३ जोडने बरुवा खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको हो । वर्सातको समयमा खोलामा बाढी आउने हुदाँ उक्त खोलामा पक्की पुल नहुदाँ त्यहाँका स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्नु पर्ने भएको थियो । दैनिक २ सयको हाराहारीमा सवारीसाधन तथा मानिसहरुको आवातजावत हुने उक्त पुल केही समय जिर्ण बन्दै गरेको थियो । बासको अस्थायी पुल बनाएर वारपार गर्नु पर्ने बाध्यता भएको अहिले पुल निर्माण हुने कुरा थाहा पाए पछि आफूमा खुसीयाली छाएको स्थानीय प्रकास रायमाझीले बताउनुभयो । उक्त पुल निर्माण गर्नका लागि जिल्ला विकास समितिबाट  १२ लाख रुपैया उपलब्ध गराइने भएको हो । सो पुलको क्षेत्र नं ५ का माननीय सांसद बिक्रम खनालद्धारा शिलान्यास भएको र पुल बनाउन यसै आर्थिक वर्षबाट सुरु हुने नेपाली कांग्रेस दाउन्ने देवी ईकाइ समितिका सभापति दामोदर जिसीले बताउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्