27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

दुवै मृगौला फेल भएकी शेषमायाको उपचारमा सहयोग गरिदिन आग्रह

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको देवचुली नगरपालिका १० निवासी ६२ वर्षीया  शेषमाया ढकालको दुवै मृगौला खराब भएपछि सहयोग गरिदिनकालागी आग्रह गर्नुभएको छ ।

ढकालको एउटा मृगौला डेढ वर्ष अघि नै खराब भएर पुरानो मेडिकल कलेजमा सल्यक्रिया गरि फालिसकेको र अर्को मृगौला समेत खराब भएपछि विगत ७ महिनाबाट उपचार गराउदै  आएको बताउनुभयो ।

छोरा वुहारीले समेत नहेरेपछि छोरीको घरमा बसेर औषधी उपचार गराउदै आएको र अहिलेसम्म करीब ५ लाख रुपैया खर्च भैसकेको ढकालले बताउनुभयो । अहिले रगत परिवर्तन , सुई र औषधी गरि महिनामा ७० हजार रुपैया खर्च हुने गरेको  र आफुसंग जम्मा भएको रकले आजसम्म औषधी उपचार गराउदै आएको र सबै रकम  उपचारमा सकिएपछि अब जिवन बचाउनकालागी सहयोग माग्नु  बाहेक अरु कुनै विकल्प नभएकाले सहयोगलागी आग्रह गरेको  ढकालले बताउनुभयो ।

उहालाई सहयोगकालागी देवचुली नगरपालिकाले समेत सिफारिस गरेको छ । उहाका आफन्त जगन्नाथ ढकालले अहिले सहयोगकालागी संगै लिएर विभिन्न संघसंस्थाहरुमा डुलिरहनु भएको छ ।  उहाले शेषमायालाई गण्डकी विकास बैङकमा रहेको खाता नम्बर ००९१०४०००२९२३७०००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिनका आग्रह गर्नुभएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!